Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

कोरोनाभाइरस विरुद्ध लड्न मुलुकभर प्लान ए कार्यान्वयनमा

स्थिति जटिल हुँदै गए प्लान–बी र वुहानकै स्थिति भए प्लान सी समेत लागू गर्ने तयारी

User Photo शुक्रबार, फाल्गुन २, २०७६
काठमाण्डाै ।

सरकारले कोरोनाभाइरस रोगको संक्रमणविरुद्ध लड्न मुलुकभर प्लान ए कार्यान्वयनमा ल्याएको छ । प्लान ए बाट संक्रमणविरुद्ध सर्तकता अपनाउँदा स्थिति सामान्य हुँदै जाने दाबी स्वास्थ्य मन्त्रालयले गरेको छ ।

सरकारले यो संक्रमणविरुद्ध प्लान बी र प्लान सी पनि तयार गरेको छ । ‘अहिले हामी प्लान ए अन्तरगत विशेष सतर्कता, उपाय र तयारीसँगै यो समस्याबाट मुक्त हुने गरी कार्यरत छौँ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रबहादुर श्रेष्ठले भने, ‘स्थिति जटिल हुँदै गए प्लान–बी र चीनको वुहान जस्तै स्थिति देखिने सम्भावना भए प्लान सी समेत लागू गर्ने गरी तयारी गरेका छौँ ।’

प्लान सीमा भेटघाट नियन्त्रण आइसोलेसन, उपचारका लागि मुलुकमा उपलब्ध सम्पूर्ण क्षमतालाई उपयोग गर्ने तयारी छ । प्लान ए अन्तरगत स्वास्थ्य, रक्षा, गृह, परराष्ट्र, सहरी विकास, नागरिक उड्डयन तथा पर्यटन गरी ६ वटा मन्त्रालय सक्रिय छन् ।

सबै मन्त्रालयको समन्वय गर्ने जिम्मेवारी मुख्यसचिवलाई दिइएको छ । तीनवटै सुरक्षा निकायको समेत सहयोग लिइएको जानकारी स्वस्थ्य मन्त्रालयले दिएको छ । मन्त्रालयले चीनको हुवेई प्रान्तबाट विद्यार्थी फिर्ता ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । प्लान ए अन्तरगत नै चीनबाट फिर्ता ल्याइने नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत विशेष प्रक्रिया अपनाइने भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.