Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

क्वारेन्टाइनमा रहेका सबै नेपाली पूर्णरुपमा स्वस्थ

२४ घण्टामा दुई पटक गरिन्छ परिक्षण

User Photo बुधबार, फाल्गुन ७, २०७६
काठमाण्डाै ।

आइतबार बिहान सरकारले चीनको ऊहानबाट उद्धार गरेर ल्याएका नेपालीहरुलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको मंगलबार तीन दिन बितेको छ । क्वारेन्टाइनमा रहेका सबै १ सय ७५ जना नेपाली हालसम्म पूर्णरुपले स्वस्थ रहेको चिकित्सक टोलीका प्रमुख नेपाली सेनाका मेजर डाक्टर नवीन फुयाँलले जानकारी दिएका छन् ।

उनीहरुको २४ घण्टामा दुई पटक बिहान र बेलुका शरीरको तापक्रम नाप्नुका साथै आवश्यक निगरानी गर्ने गरिएको छ । ज्वरो आएमा आफै वा साथीले पनि खबर गर्ने व्यवस्था गरिएको छ । आजसम्म उनीहरु कसैलाई पनि समस्या नभएको डा.फुयाँलले बताए ।

क्वारेन्टाइनभित्र बस्नेलाई बसेको कोठाको सरसफाईमा ध्यान दिन भनिएको छ । सथै पानी तथा खानाको जाँच एवम् निगरानी पनि भइरहको छ ।

एक कोठामा कम्तीमा एक अर्को बेडको एक मिटरको फरकमा दुईदेखि तीनवटा बेड रहने गरी कोठाको व्यवस्थापन गरिएको छ । जहाँ ३ जनासम्म बसेका छन् ।

तालिम केन्द्रको दक्षिणतर्फ रहेको क्वारेन्टाइनमा ब्लक, ए, बी र सी गरी विभाजन गरिएको छ । ठूला दुई भवनमा पुरुष, परिवारसहित आउने टोली, रातो भवनमा महिला र अर्को सानो क्वार्टर भवनमा चिकित्सकसहितको स्वास्थ्यकर्मीलाई राखिएको छ ।

सुरक्षालगायतका अन्य व्यवस्थापनकालागि सेनाका कर्णेल शिव पौडेलको टोली क्वारेन्टाइन नजिकै तैथान रहेको छ । सुरक्षाका लागि शस्शत्र प्रहरी, नेपाल प्रहरी समेत खटिएका छन् । यस्तै नेपाली लिन चीन जाने विमानका पाइलट, को–पाइलट, परिचारिका तथा कर्मचारीसहित १७ जनालाई चाँगुनारायण नगरपालिका–६ स्थित पिपलबोट खानेपानी तालीम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा करिब १४ दिनसम्म राखिने छ ।

सरकारले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार क्वारेन्टाइन निर्माण गरेको बताएको छ ।

त्यसैगरी, आज दिउँसो स्वास्थ्य मन्त्री भानुभक्त ढकालसहितको टोलीले खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्रको निरिक्षण गरेको छ । उक्त अवसरमा संचारकर्मीहरुसँग बोल्दै मन्त्री ढकालले हाम्रो मनोविज्ञानका कारणले समाजमा भ्रम फैलिएको बताए ।

सरकारले चीनबाट ल्याइएका नेपाली निरोगी रहेको भन्दै आएको र अहिले मानिसहरुले सो कुरा बुझ्न थालेको मन्त्री ढकालले बताए । साथै स्वास्थ्य मन्त्रालयको टोली स्थानीयहरुको घरघरमा गएर जनचेतना जगाउन थालेको छ । यसले स्थानीयमा फैलिएको त्रासमा कमि आएको मन्त्रालयले बताएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.