Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द

काेरियाकाे अवस्था हेरेर मात्रै कामदारलाई पठाउन सुरु गरिने

User Photo आइतवार, फाल्गुन ११, २०७६
काठमाण्डाै ।

सरकारले दक्षिण कोरियामा कामदार पठाउन रोक लगाएको छ । श्रम विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले कोरियामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गत हप्तादेखि कोरिया जाने कामदारहरुको उडान रोकेको हो । गत हप्ता करिब २ दर्जन कामदार तालिका अनुसार उड्न पाएनन् ।

आगामी फागुन १८ गतेलाई ४० जना कामदार पठाउने गरी कार्यसूची बनाए पनि अवस्था सहज नहुने देखिएको शाखाका निर्देशक कृष्ण खनालले जानकारी दिए ।

‘हप्तामा दुई/तीन फ्लाइटमा हाम्रा कामदारहरु जानुहुन्छ, तर गत हप्ता हामीले त्यहाँको अवस्था विश्लेषण गरेर उडान रोक्यौं,’ उनले भने,‘रोकिएकालाई १८ गते लैजान प्रस्ताव गरेका छौं, तर त्यो दिन पनि उडान होला जस्तो छैन ।’

उनले कोरियास्थित दूतावाससँग सल्लाह गरेरै उडान रोकिएको बताए । सन् २०२० मा करिब साढे ७ हजार नेपाली कोरिया जाँदैछन् । तर, कोरियामा कोरोनाको संक्रमण फैलिँदै गएपछि आफ्ना नागरिकलाई सुरक्षित राख्न त्यहाँको अवस्था हेरेर मात्रै कामदारलाई पठाउन सुरु गरिएको खनालले बताए ।

‘कामदार असुरक्षित नहोउन् भन्नेमा हाम्रो ध्यान छ,’ उनले भने,‘जाने समय केही पछि धकेल्दा कामदारलाई प्रभाव त पर्छ, तर सचेतता अपनाउन अत्यावश्यक छ ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.