Naya Media
बिहिबार, जेष्ठ ८, २०८२
| | May 22, 2025
बिहिबार, जेष्ठ ८, २०८२
Advertisement

कोरियाबाट आउने नेपालीकाे स्वास्थ्य परीक्षण अनिवार्य, शंका लागे घर जान नपाउने

सतर्क रहन दूतावासको अपिल

User Photo
सोमवार, फाल्गुन १२, २०७६
काठमाण्डाै ।

सरकारले दक्षिण कोरियाबाट नेपाल आउने सबै यात्रुको स्वास्थ्य परीक्षण (ज्वरो) सहित सबै विवरण लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आपत्कालीन हेल्थ डेस्कलाई निर्देशन दिएको छ । करिब ४० हजार नेपाली कामदार रहेको कोरियामा कोरोनाको प्रकोप बढेपछि नेपालमा सतर्कता अपनाइएको हो ।

कोरोनाको प्रारम्भिक परीक्षण गरी शंका लागे आइसोलेसनका लागि अस्पतालमा रिफर गर्न स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा आइतबार बसेको आकस्मिक बैठकले कोरियाबाट आउने सबैको स्वास्थ्य परीक्षण अनिवार्य गरेको हो । यसअघि चीनको वुहानबाट आएका नागरिकको मात्रै स्वास्थ्य परीक्षण हुँदै आएको थियो ।


advertisement

महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमन्त ओझाले जोेखिमलाई मध्यनजर गर्दै कोरियाबाट आउने सबैको स्वास्थ्य परीक्षण अनिवार्य गर्ने निर्णय भएको बताए । कोरियाबाट दैनिक करिब दुई सय नेपाली आउने गरेका छन् ।चीनमा भन्दा कोरियामा कोरोना देखिँदा नेपालमा बढी जोखिम हुने अधिकारीहरू बताउँछन् । चिकित्सकहरूले कोरियाबाट नेपालीलाई उद्धार गर्नुपर्ने अवस्था आउनेतर्फ सचेत रहनुपर्ने बताएका छन् । यसअघि चीनबाट एक सय ७५ नेपालीको ४ फागुनमा उद्धार गरी भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको कर्मचारी तालिम केन्द्रमा क्वारेन्टाइन गरी राखिएको छ ।

कोरोना प्रभावितको उपचार गर्दै आएका सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका डा. अनुप बाँस्तोलाका अनुसार नेपाल कोरोना भाइरसको जोखिमबाट बाहिर निस्कन सक्ने अवस्थामा छैन । ‘क्वारेन्टाइनमा नबसेका व्यक्तिहरू कोरियाबाट नेपाल आइरहेका छन्, उनीहरूको कुनै परीक्षण भएको छैन,’ डा. बाँस्तोलाले भने, ‘लक्षण नै नदेखिएका व्यक्तिमा पनि कोरोना पोजेटिभ देखिएको छ, त्यसैले सूक्ष्म रूपमा निगरानी गर्न आवश्यक छ ।’स्वास्थ्य मन्त्रालयका अनुसार क्वारेन्टाइनमा दुई हप्ता बसेर घर गएका व्यक्तिमा समेत दश दिनपछि पुनः कोरोना पोजेटिभ देखिएको छ ।

कोरिया जाने कामदारको उडान रोकियो

श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको इपिएस कोरिया शाखाका निर्देशक कृष्ण खनालका अनुसार तत्काल नेपालबाट कोरिया पठाउन रोकिएको छ । ‘कोरोनाको संक्रमण बढ्दै गएपछि कोरियाली अधिकारीसँग छलफल गरेर गत हप्तादेखि कोरिया जाने कामदारको उडान रोकिएको छ । गत हप्ता करिब दुई दर्जन कामदार तालिकाअनुसार उड्न पाएनन्,’ खनालले भने । आगामी १८ फागुनमा ४० कामदार कोरिया पठाउने कार्यसूची पनि प्रभावित भएको छ । कोरियामा कोरोना भाइरसबाट संक्रमितको संख्या ६ सय दुई पुगेको छ भने ६ जनाको मृत्यु भएको छ । चीनमा हालसम्म ७८ हजार आठ सय ८८ मा संक्रमण भएको र दुई हजार चार सय ६७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

सतर्क रहन दूतावासको अपिल

कोरोना भाइरसको संक्रमण बढेसँगै कोरियास्थित नेपाली दूतावासले नेपालीलाई सतर्क रहन अनुरोध गरेको छ । दूतावासले भनेको छ, ‘सम्बद्ध निकायबाट हुँदै आएका नियन्त्रण र रोकथामका सशक्त प्रयासका बाबजुद दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएकोप्रति यहाँ रहेका सबै नेपाली बढी सजग र सचेत हुन जरुरी देखिएको छ । साथै हाल बढी संक्रमण देखिएको क्षेत्र थेगु तथा आसपासमा बसोवास गर्ने नेपाली कामदार, अन्य पेसा व्यवसाय गरी बसेका र विद्यार्थीलाई विशेष सावधानी अपनाउन अनुरोध छ ।’


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

[jetpack_subscription_form title="" subscribe_text="Enter your email to receive new posts." subscribe_button="Subscribe"]

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.