Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

दक्षिण कोरियामा काेराेना संक्रमणको दर उच्च, ५० हजार बढी नेपालीका आफन्तमा चिन्ता

उच्च सतर्कता अपनाउन आह्वान

User Photo मङ्लबार, फाल्गुन १३, २०७६
काठमाण्डाै ।

चीनको वुहानबाट फैलिएको कोभिड १९ को संक्रमणको त्रास यतिबेला विश्वभर छ । चीनपछि दाेस्राेमा दक्षिण कोरियामा सर्वाधिक व्यक्तिहरु संक्रमित भएका छन् । त्यहाँ ८९३ जनामा संक्रमण हुदाँ ९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

पाँच दिनअघिसम्म दक्षिण कोरियामा ५१ जनालाई मात्र कोरोना भाइरस संक्रमण भएको थियो । छोटो समयमा संक्रमणको दर उच्च भएपछि विश्व स्वासथ्य संगठनले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ ।

वैदेशिक रोजगारी र अध्ययन गर्न गएका दक्षिण कोरियामा वैधानिक र अवैधानिक गरेर झन्डै ५० हजारको हाराहारीमा नेपाली नागरिक रहेका छन् । संक्रमण उच्चरुपमा फैलिएको देगु शहरमा १ हजारभन्दा बढी नेपाली रहेको अनुमान गरिएको छ ।

संक्रमण र मृत्युको बढ्दो तथ्यांकले त्यहाँ रहेका नेपालीहरुले मनोवैज्ञानिक त्रास बढेको बताएका छन् । देगुमा काम गर्ने नेपालीहरु डरको कारण कम्पनीबाट बाहिर निस्किन छाडिसकेका छन् । कम्पनीले पनि अति आवश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गरेको छ ।

सक्रमणको डर भए पनि कम्पनीले बिदा नदिएको कारण काम गर्नुपरेको नेपाली कामदारहरू बताउछन । केही भवितव्य आइलाग्नुअघि सरकारले उद्धार गर्ने आश रहेको उनीहरूमा छ ।

संक्रमण सुरु भएको कोरियाको राजधानी सोलमा मात्र २३ जनालाई संक्रमण पुष्टि भएको छ । साेलमा संक्रमण फैलिएको समाचार बाहिरिनासाथ सडकमा मानिसको चहलपहल पातलो भएको छ । बजार तथा रेस्टुरेन्टमा मानिसको भिड कम छ । सञ्चार माध्यम र सामाजिक सञ्जालमा पनि कोरोनाकै चर्चा भएकाले डर बढ्दै गएको छ ।

नेपालमा रहेका आफन्त र अभिभावकहरुमा चिन्ता बढेकाे छ । कोरोनाको संक्रमण बढ्दै गएकाले भर्खरै कोरिया पुगेकाहरुलाई काम नपाउने तनाव रहेको छ ।

दूतावास भन्छ– नेपालीहरु सुरक्षित छन्

सोलस्थित नेपाली दुतावासले कोरिया सरकारले नै उच्च सतर्कता अपनाएकाले डराइहाल्नुपर्ने अवस्था नरहेको बताएको छ । कुनै समस्या आए तुरुन्तै दुतावासमा खबर गर्न भनेको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार अहिले कोरोना प्रभावित शहरमा सरकारले नागरिकलाई सचेत बनाउने काम गरिरहेको छ । भीडभाडमा ननिस्कन भनेर सूचना जारी गरिरहेको छ । सञ्चार माध्यमार्फत बाहिर नजान, मास्क अनिवार्य प्रयोग गर्न, मिचेर हात धुन आह्वान गर्दै सूचना र विज्ञापनहरु बजाइरहेका छन् । कोरिया सरकारले कोरोनाको लक्षण देखिए तत्काल अस्पताल भर्ना गरेर निशुल्क उपचार गर्ने समेत बताएको छ ।

सोही कारण कोरियामा रहेका नेपालीहरु अहिलेको अवस्थामा डराउनु नपर्ने बताउँदै नेपाली दूतावासले कामदारलाई सुरक्षित रहन र स्वस्थ्यमा समस्या आए नजिकको स्वास्थ्य संस्थामा पुगेर जाँच गराउन आग्रह गरेको छ ।

त्यसै गरी कोरियास्थित नेपाली सम्पर्क समिती (एनसीसी) का केन्द्रीय सदस्य ललित पौडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरिया लगायत पाँचवटा संस्थाहरुसँग समन्वय गरेर त्यहाँका नेपालीहरुलाई सुरक्षित रहन आग्रह गरिएको बताए ।

उनका अनुसार अहिले कोरियामा रहेका कोही पनि नेपालीलाई संक्रमण पुष्टि भएको छैन । थेगुका २५ लाग जनसङख्यालाई स्थानीय प्रशाशनले घर बाहिर ननिस्कन आग्रह गरेको छ । स्थानीय सरकारले सुरक्षाको तयारी र सुरक्षित रहने उपायहरु सञ्चार माध्यमबाट प्रसारण गरिरहेको छ । उनले भने, ‘कोरियन सरकारले नै उच्च सतर्कता अपनाएका कारण अहिले नै डराइहाल्नुपर्ने अवस्था छैन ।’

स्वास्थ्य मन्त्रालय भन्छ– अन्य मन्त्रालयसँग छलफल भएको छैन

अहिलेको अवस्थामा कोरियामा रहेका नेपालीहरुले उद्धारका लागि गुहार मागेका छैनन् । त्यसैगरि कोरियास्थित नेपाली दुतावासले पनि त्यहाँ रहेका नेपालीहरुलाई खतरा नभएको बताइसकेको छ । सोही कारण यो विषयमा स्वास्थ्य तथा जनसङख्या मन्त्रालयमा अहिलेसम्म छलफल भएको छैन।

त्यहाँ रहेका नेपालीहरुलाई खतरा आइपरे स्वास्थ्य मन्त्रालयले आफ्नो कर्तव्य पूरा गर्ने सहप्रवक्ता सागर दहालले बताए । उनले भने, ‘दुतावास र पराराष्ट्र मन्त्रालयलेसँग छलफल नगरी हामीले मात्र केही गर्न सकिन्न । कोरियामा रहेका नेपालीहरुलाई आवश्यक सहयोग गर्न हामी तयार छौँ ।’

विश्वव्यापी असर

विश्व स्वास्थ्य सङ्गठनले एउटाभन्दा बढी क्षेत्रमा रोग फैलिए त्यसलाई विश्वव्यापी महामारी घोषणा गर्न सक्छ । पछिल्लो तथ्यांक अनुसार चीनको हुबे प्रान्तबाट सुरु भएको कोरोना भाइरस २९ देशमा फैलिसकेको छ । चीन बाहिर १४ सयभन्दा बढी सङ्क्रमित हुँदा १६ जना भन्दा बढीको मृत्यु भएको बताइएको छ ।

चीनमा मात्रै अहिलेसम्म ७७ हजारभन्दा बढी मानिसमा संक्रमण र २५ सय जनाभन्दा बढीको मृत्यु भइसकेको छ । चीनपछि अहिले दक्षिण कोरिया, इटली र इरानमा उक्त भाइरसको प्रकोप फैलिएको छ ।

पछिल्लो जानकारीअनुसार इटलीमा १५२ जनामा संक्रमण भएको पुष्टि भएको छ भने इरानमा ४३ संक्रमित मध्ये आठ जनाको मृत्यु भएको छ


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.