Naya Media
बिहिबार, जेष्ठ १४, २०८३
| | May 27, 2026
बिहिबार, जेष्ठ १४, २०८३

यति ठूलो उपचार देशकै सरकारी अस्पतालमा गर्ने पहिलो अतिविशिष्ट व्यक्ति प्रधानमन्त्री ओली

शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने नवौँ व्यक्ति

User Photo मङ्लबार, फाल्गुन २०, २०७६
काठमाण्डाै ।

२०६३ देखि मिर्गौला प्रत्यारोपण गर्न सुरु गरेको त्रिवि शिक्षण अस्पतालको रेकर्ड अनुसार अहिलेसम्म आठ जनाको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको कान्तिपुर दैनिकमा समाचार छ ।

यो हिसाबमा प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पतालबाट दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने नवौँ र यति ठूलो उपचार मुलुककै सरकारी अस्पतालमा गर्ने पहिलो अतिविशिष्ट व्यक्ति हुन् ।

सम्भवतः यही कारण महाराजगञ्ज अस्पताल प्रशासन र बालुवाटारमा प्रधानमन्त्रीको व्यवस्थता सरोबरी नै थियो । ओली मध्यान्ह १२ बजे अस्पताल पुग्ने जानकारी पाएको अस्पताल प्रशासनले त्यसपछि आवश्यक पर्ने सबै तयारी र योजना तय गर्यो । सरकारी निवास बालुवाटारमा ओलीले आफू उपचारपछि फर्किएर नआउँदासम्मको सबै तारतम्य मिलाए ।

बिहान सबेरै औपचारिक–अनौपचारिक बैठकहरु गरे । बालुवाटारमा ओली बैठक र भेटघाटमा व्यवस्त भइरहँदा महाराजगञ्जको धपेडी पनि उस्तै थियो । ओलीका लागि ६०१ नम्बर क्याबिन खाली गरिसकिएको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.