Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

नेपालमा ६ महिनासम्म औषधी अभाव हुदैन- औषधी उत्पादक संघ

औषधी अभाव हुन्छ भनेर आत्तिनु नपर्ने संघका महासचिवकाे भनाइ

User Photo शुक्रबार, फाल्गुन २३, २०७६
काठमाण्डाै ।

नेपाल औषधी उत्पादक संघले नेपालमा ६ महिनासम्म औषधी अभाव नहुने बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गरी संघले नेपालका ६२ कम्पनीले उत्पादन गरेको औषधीले ६ महिनाको माग धान्ने जानकारी दिएको छ ।

त्यस्तै यसअघि नै ल्याइसकेको कच्चा पदार्थ पनि धेरै रहेकाले औषधी अभाव हुन्छ भनेर आत्तिनु नपर्ने संघका महासचिव विप्लवबहादुर अधिकारीले जानकारी दिए ।

भारतले सिटामोलसहित २६ प्रकारका औषधी र कच्चा पदार्थ निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा पनि औषधी अभाव हुन सक्ने समाचारहरु सार्वजनिक भएको थियो । तर संघले अत्यावश्यक औषधीका लागि विदेशी कम्पनीलाई अनुनय विनय गर्नुपर्ने अवस्था नरहेको बताएको हो ।

‘अहिले सरकारले विदेशी कम्पनीसँग हार गुहार गर्ने होइन, स्वदेशी औषधी उत्पादकलाई प्रोत्साहन गर्ने होइन’ महासचिव श्रेष्ठले भने ‘अहिले नेपालमा चाहिने ७५ प्रतिशत औषधी यहीँ उत्पादन भइरहेको छ, सरकारले प्रोत्साहन गरेमा सय प्रतिशत नै औषधी उत्पादन गर्न सक्छौं ।’

सिटामोलको कच्चा पदार्थ त जनवरी र फेब्रुअरीमा धेरै आयात भएको भन्दै स‌ंघले नेपालमा अभाव नै नहुने जानकारी गराएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.