Kanoon Post
शुक्रबार, चैत्र १६, २०८०/ March 29, 2024,
शुक्रबार, चैत्र १६, २०८०

Trending :

No tags found.

नेपालबाट कतार प्रवेशमा राेक लगाइए संगै हिमालय एयरलान्सकाे कतार उडान बन्द

नेपाल वायुसेवा निगमले आज निर्णय गर्ने

काठमाण्डाै ।

कतारले कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण जोखिमलाई न्यूनीकरण गर्न नेपालसहित १४ मुलुकका नागरिकलाई आफ्नो देश प्रवेश गर्न अस्थायी प्रतिबन्ध लगाएसँगै वैदेशिक रोजगारीका लागि कतार जाने क्रम तत्कालका लागि रोकिएको छ ।

यससँगै कतारको राजधानी दोहा सीधा उडान गर्ने नेपाली विमान कम्पनीहरुको सेवा पनि प्रभावित हुने भएको छ । निजी क्षेत्रको हिमालय एयरलान्सले काठमाडौँ–दोहा उडान हालका लागि स्थगित गरिसकेको छ भने सरकारी नेपाल वायुसेवा निगमले यसबारेमा मंगलबार निर्णय गर्ने बताएको छ ।

पछिल्लो समय कतार नेपाली कामदारका लागि वैदेशिक रोजगारीको राम्रो गन्तव्य बनेको थियो । दैनिक ३५० भन्दा बढी नेपाली कामदार रोजगारीका लागि कतार जाने गरेका छन् । कतार सरकारको पछिल्लो निर्णयपछि श्रमस्वीकृति लिइसकेका कामदार पनि प्रभावित भएका छन् ।

कतारमा हाल ३ लाख ५० हजार नेपाली कामदार छन् । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading