Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

नेपालबाट कतार प्रवेशमा राेक लगाइए संगै हिमालय एयरलान्सकाे कतार उडान बन्द

नेपाल वायुसेवा निगमले आज निर्णय गर्ने

User Photo मङ्लबार, फाल्गुन २७, २०७६
काठमाण्डाै ।

कतारले कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण जोखिमलाई न्यूनीकरण गर्न नेपालसहित १४ मुलुकका नागरिकलाई आफ्नो देश प्रवेश गर्न अस्थायी प्रतिबन्ध लगाएसँगै वैदेशिक रोजगारीका लागि कतार जाने क्रम तत्कालका लागि रोकिएको छ ।

यससँगै कतारको राजधानी दोहा सीधा उडान गर्ने नेपाली विमान कम्पनीहरुको सेवा पनि प्रभावित हुने भएको छ । निजी क्षेत्रको हिमालय एयरलान्सले काठमाडौँ–दोहा उडान हालका लागि स्थगित गरिसकेको छ भने सरकारी नेपाल वायुसेवा निगमले यसबारेमा मंगलबार निर्णय गर्ने बताएको छ ।

पछिल्लो समय कतार नेपाली कामदारका लागि वैदेशिक रोजगारीको राम्रो गन्तव्य बनेको थियो । दैनिक ३५० भन्दा बढी नेपाली कामदार रोजगारीका लागि कतार जाने गरेका छन् । कतार सरकारको पछिल्लो निर्णयपछि श्रमस्वीकृति लिइसकेका कामदार पनि प्रभावित भएका छन् ।

कतारमा हाल ३ लाख ५० हजार नेपाली कामदार छन् । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.