Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

काेराेनाकाे कारण श्रमस्वीकृति लिएका ५५ हजार नेपाली रोकिए

वैदेशिक रोजगारमा जानेको संख्या शून्य

User Photo आइतवार, चैत्र २, २०७६
काठमाण्डाै ।

कोभिड–१९ (कोरोना) भाइरसको असर विश्वव्यापी हुँदै जाँदा सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन गरेसँगै अहिले वैदेशिक रोजगारमा जानेको संख्या लगभग शून्यमा झरेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार श्रमस्वीकृति बन्द गर्नुअघि दैनिक करीब ३ हजारले अन्तिम श्रमस्वीकृति र ६ हजारले पूर्व श्रमस्वीकृति लिने गरेका थिए ।

‘अर्काे सूचना नभएसम्म वैदेशिक रोजगारका लागि दिइने श्रमस्वीकृति स्थगन गर्ने’ कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकबाटै बिहीवार निर्णय भएसँगै विभागले मातहतका कार्यालयहरूलाई श्रमस्वीकृति प्रदान गर्ने कार्य स्थगित गर्न निर्देशन दिइसकेको विभागका महानिर्देशक कुमार दाहालले बताए ।

उनका अनुसार अब कुनै पनि श्रम गन्तव्य मुलुकमा रोजगारीका लागि जाने अनुमति सरकारले दिने छैन । पछिल्लो निर्णयका कारण नयाँ श्रमस्वीकृति दिएका, बिदामा नेपाल आएका र व्यक्तिगत श्रमस्वीकृति लिएका ५५ हजार नेपाली रोकिएको महानिर्देशक दाहालले बताए ।

नेपाली कामदारको प्रमुख श्रम गन्तव्य मुलुकहरू दक्षिण कोरिया, मलेशिया, कतार, संयुक्त अरब इमिरेट्स (यूएई), ओमन, बहराइन, कुवतेलगायतमा कोरोना संक्रमण फैलँदा यी मुलुकमा कामदार नपठाउन सरकारमाथि तीव्र दबाब पर्दै आएको थियो ।

त्यसो त सरकारले श्रमस्वीकृति बन्द गर्नुअगावै गन्तव्य मुलुकहरूबाट आउने कामदारको मागमा कमी आउन थालेको थियो । नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका अनुसार पछिल्लो समय कामदारका लागि आउने डिमान्ड लेटर (मागपत्र) करीब ८० प्रतिशतले घटेको छ । प्रमुख श्रम गन्तव्य मुलुकहरूले कोरोनाबाट बच्न उच्च सतर्कता अपनाउँदा कामदारको मागमा पनि कमी आएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष विमल ढकाल बताउँछन् । यो खबर आजको आर्थिक अभियान दैनिकमा छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.