आमाकाे माया

आमाकाे माया- चितुवाको पञ्जाबाट छोरी खाेसेर बचाइन

'चितुवाले घिसारेर ५० मिटर तल पुर्याएकाे थियाे'
बुधबार, चैत्र ५, २०७६, काठमाण्डाै । 

तनहुँकी एक महिला चितुवाको आक्रमणमा परेकी आफ्नी छोरीलाई खोसेर उद्धार गर्न सफल भएकी छिन् । शुक्लागण्डकी नगरपालिका–३, बनकेवाकी इन्दिरा न्यौपानेले सोमबार साँझ घरमै खेलिरहेकी छोरीलाई आक्रमण गरी घिसारेर ५० मिटर तल पु¥याएको चितुवासँग लडेर छोरीलाई बचाएकी हुन् ।

घरको आँगनमा रहेको धारामा आमासँग हात समातेर पुगेकी २१ महिनाकी संस्कृति न्यौपानेलाई चितुवाले आक्रमण गरी लगेको थियो । छोरीलाई चितुवाले तानेर लगेसँगै होहल्ला गर्दै आमाले चितुवासँग लडेर छोरी बचाएकी हुन् । चितुवाको आक्रमणमा परी घाइते छोरीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

चितुवाले बालिकाको पेटमा चारवटा, दुई खुट्टामा एक–एकवटा नङ्ग्रा गाडेर घाइते बनाएको अस्पतालले जनाएको छ । अस्पतालमा उपचाररत बालिकाको स्वास्थ्य खतरामुक्त रहेको बालिकाका बाबु नारायण न्यौपानेले जानकारी दिए । “गाउँमा चितुवाको आतङ्क सुरु भएको धेरै भयो । हामी सबै परिवार घरमै थियौँ । आमासँगै हात समातेर गएकी छोरीलाई चितुवाले ताने पनि श्रीमतीले साहसका साथ चितुवासँग भिडेर छोरी बचाउन सफल भइन्”, न्यौपानेले भने ।

आफूसँग रहेकी छोरीलाई चितुवाले तानेपछि चितुवाको पछिपछि गएर छोरीको खुट्टा समात्न भ्याएकाले बचाउन सकिएको इन्दिराले बताइन्। “चितुवाले छोरीलाई लगेको थाहा पाएपछि चिच्याउँदै चितुवाको पछिपछि दौडिएँ । छोरीलाई समातेर तान्दै गर्दा मलाई समेत आक्रमण गर्न थालेको चितुवा गाउँका मानिसले होहल्ला गरेपछि भागेको थियो”, उनले भनिन ।

चितुवाको आक्रमणबाट तनहुँका विभिन्न ठाउँमा नौ जना बालबालिकाको मृत्यु भइसकेकाले गाउँमा चितुवाको त्रास बढेको इन्दिराले बताइन् ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा घर भित्र अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै