जनता आवास कार्यक्रम अन्र्तगत कैलाली जिल्ला क्षेत्र नम्बर २ का ९४९ घरका छाना फेरिने भएका छन् । खर र फुसले छाएका चार वटै स्थानीय तहका ९४९ परिवारका लागि पहिलो चरणमा छाना छाउन बजेट विनियोजन गरिएको छ । तीन वर्ष भित्र देशभरका सबै खर र फुसका छानाहरु विस्थापित गर्ने नीति अनुसार कैलाली क्षेत्र नम्बर २ मा आगामी आर्थिक वर्षका लागि ९४९ घर परेका छन् ।
स्थानीय तहको सिफारिस एवं सांसद रावलको विशेष पहलमा छनोटमा परेका प्रति घरलाई ५० हजारका दरले बजेट परेको प्रतिनिधि सभा सदस्य झपट रावलका स्वकीय सचिव दिनेश चौलागाईंले जानकारी दिएका छन् । जस अन्तर्गत लम्किचुहामा ३०२, मोहन्यालमा ३३८, बर्दगोरियामा १५६ र जानकी गा. पा. का ४ वडामा १५३ टिनका छाना छाउन मिल्ने भएको छ ।
५० हजार अनुदान सहीत टिनको पाता खरिद गरेर घर छाउन बजेट व्यवस्था गरिएको छ ।
