Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

नेपालीकाे खर्च बढ्दाे क्रममा, आम्दानीको ९१.१ प्रतिशत खर्च

User Photo आइतवार, चैत्र १, २०७७
काठमाण्डाै ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ का कारण मुलुक लामो समयसम्म बन्दाबन्दी भएर आर्थिक क्रियाकलाप ठप्प हुँदा नेपालीको बचत गर्ने क्षमता घटेको छ। अधिकांशले रोजगारी गुमाएर आम्दानीका स्रोत खुम्चिएपछि बचतमा ह्रास आएको हो।

राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१९/२० मा सरदरमा नेपालीले आम्दानीको ९१.१ प्रतिशत उपभोगमा खर्च गरेका छन्। यसको अर्थ सरदरमा नेपालीले एक सय रुपैयाँ कमाउँदा ९१ रुपैयाँ खर्च गरेर करिब नौ रुपैयाँ मात्र बचत गर्छन् भन्ने हो। ‘कमाइको ९१.१ प्रतिशत उपभोग खर्च भएको अध्ययनमा देखिएको छ,’ विभागका निर्देशक गणेशप्रसाद आचार्यले भने, ‘८.९ प्रतिशत मात्र बचत भएको देखिन्छ।’

विभागले आधार वर्ष २०१०/११ लाई मानेर गरेको अध्ययनमा यस्तो भेटिएको हो। नयाँ आधार वर्ष अनुसार सन् २०१८/१९ मा ८४.३ प्रतिशत उपभोग खर्च रहेकोमा २०१९/२० मा उपभोग खर्च ६.८ प्रतिशत बढेर ९१.१ प्रतिशत पुगेको हो। यसले अघिल्लो वर्षभन्दा गत वर्ष बचत घटेको पुष्टि गर्छ।

आजकोनागरिक दैनिकमा समाचार छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.