Naya Media
शुक्रबार, असार ६, २०८२
| | June 20, 2025
शुक्रबार, असार ६, २०८२
Advertisement

भारतबाट दैनिक फर्किन्छन चार हजार ५०० नेपाली, सबैभन्दा बढी सुदुरपश्चिमका

User Photo
मङ्लबार, बैशाख २१, २०७८
काठमाण्डाै ।

दोस्रो लहरको कोरोना भाइरस महामारीको समयमा भारतबाट दैनिक चार हजार ५०० नेपाली स्वदेश फर्किने गरेका छन् ।

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यका अनुसार पछिल्लो समय दैनिक ४५ सय नेपाली भारतबाट फर्किइरहेका छन् । नेपाल फर्किनेहरुमा सबैभन्दा बढी सुदुरपश्चिमका रहेको पनि उनले जानकारी दिए ।


advertisement

मंगलबार संसदको महिला तथा सामाजिक समितिसंगको भर्चुअल बैठकमा भाग लिँदै भारतका लागि नेपाली राजदूत आचार्यले भने, ‘तथ्याङ्गत रुपमा हेर्दा अहिले हरेक दिन ४५ सय नेपालीहरु घर फर्किरहेको देख्छौं । सबैभन्दा बढी चाप सुदूरपश्चिमतिर छ ।’

आफूले नेपालीहरुलाई सकभर घर नजान आग्रह गरेको राजदूत आचार्यले बताए । ‘सकभर घर नगइदिनुस् भन्ने आग्रह छ । जाँदै नजानुस् भन्न सक्दैनौं । महामारीमा आफन्त, बाबुआमा, छोराछोरीसंगै रहुँ भन्ने होला । तर, बाटोमै संक्रमण हुन सक्ने सम्भावना रहन्छ नजानुस् भनेर मात्रै आग्रह गर्ने गरेका छौं’ उनले भने ।

आचार्यले भारतमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट २३ जना नेपालीको मृत्यु भएको आधिकारिक तथ्याङ्क रहेको जानकारी दिए । ‘अहिले २३ जनाको निधन भएको तथ्याङ्क हामीसँग छ । तर, यो भन्दा धेरै आक्रान्त भएको अवस्था छ । हामीसँग भएको यो तथ्याङ्क अपुरो छ,’ उनले भने ।

भारतमा संक्रमित भएका नेपालीहरुलाई दूतावासका तर्फबाट अस्पतालमा सम्पर्क गरेर उपचारमा सहजीकरण गर्ने काम भइरहेको पनि राजदूत आचार्यले बताए ।

‘संक्रमति भएका छन्, अस्पताल जान सकेका छैनन् भने अस्पतालमा सम्पर्क गरेर पठाउने, बिरामी अस्पतालमा गइसकेका छन् भने अस्पताललाई नै फोन गरेर सहयोग गरिदिन भनिदिएका छौँ’ उनले भने ।

बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले भारतमा रहेका नेपालीले आधारकार्ड नभएको अवस्थामा सेवा सुविधा नपाएको गुनासो आइरहेको बताइन् । आधार कार्डको विकल्पबारे दूतावासले सोच्नुपर्ने उनको भनाइ छ ।

‘आधार कार्ड नहुँदा सेवा सुविधा पाउन नसकिने भन्ने कुरा छ । आधारकार्डको अभावमा के गर्न सकिन्छ भन्ने बारेमा राजदूतावासले सोच्नुपर्ने र सहजीकरण गर्नुपर्ने देखियो’ उनले भनिन् ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.