Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 1, 2026
शनिबार, बैशाख १९, २०८३

प्रेममा परी विवाह गर्न भागेका जोडी घरभित्रै मृत भेटिए

User Photo शनिबार, माघ १२, २०८१
रुकुम पश्चिम ।

रुकुम पश्चिममा माया, प्रेममा परी विवाह गर्न भागेका केटाकेटी घरभित्र मृत भेटिएका छन् । मृत भेटिनेमा त्रिवेणी गाउँपालिका- ४ खुम्चेरी गाउँमा १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षकै सपना पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी ऋषि पाठकले जानकारी दिए ।

उनका अनुसार सपना वडा नम्बर ६ की हुन् । सपनालाई लोकेन्द्रले चार दिनअघि विवाह गर्ने भन्दै भगाएका थिए । स्थानीयले सोधिखोजी गर्दा उनीहरू शनिबार बिहानै ९ बजेतिर लोकेन्द्रकै घरमा रहेको अस्थायी टहरामा दुवै मृत भेटिएको पाठकले बताए । लोकेन्द्र झुन्डिएको अवस्थामा फेला परेका थिए भने सपनाको शव भुइँमा थियो ।

प्रहरीका अनुसार लोकेन्द्रको आमा बिरामी थिइन् । उनका बुबाले श्रीमतीलाई उपचारका लागि नेपालगञ्ज लगेका थिए । त्यही समयमा घरमा यस्तो घटना घटेको हो ।

प्रहरीले आमाबुवा आएपछि मात्रै आवश्यक कानुनी प्रक्रिया सुरु गरेर घटनाको अनुसन्धान गर्ने बताएको छ ।

 

# प्रेम # मृत फेला # रुकुम पश्चिम # विवाह

Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.