Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

काेराेना विरूद्ध तयारी अवस्थामा रहन सरकारलाई अनेरास्ववियुकाे आग्रह

काेराेनाबारे पुर्व तयारी तथा सजगता अपनाउन भन्दै सुदुर पश्चिम सरकारलाई अनेरास्ववियुले बुझायाे ज्ञापनपत्र

User Photo बुधबार, चैत्र ५, २०७६
कैलाली ।

काेराेनाबारे सजगता अपनाउन तथा आइपर्न सक्ने सम्भावित जाेखिमका लागी तयारी अवस्थामा रहन प्रदेश सरकारलाई अनेरास्ववियुले आग्रह सहित ज्ञापनपत्र बुझाएकाे छ ।

नेपालमा अहिले सम्म महामारीका रूपमा फैलिइ नसकेकाे भएपनि विश्वभर याे महामारीका रुपमा फैलिरहेकोले यसबारे सचेत तथा पुर्व तयारीका लागी तयार रहन अनेरास्वबियुले सुदुरपश्चिम प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएकाे अनेरास्ववियुका केन्द्रिय सदस्य नेत्र मैनालीले बताउनु भयाे ।

अनेरास्वबियु केन्द्रिय सदस्य नेत्र मैनाली, चुडामणी भट्ट, मनोज राई तथा जिल्ला सभापती कुमार बडैला लगायतकाे उपस्थितीमा ज्ञापन पत्र बुझाइएको हो ।

काेराेना भाइरस नफैलिदै पुर्व तयारीमा सक्रिय बन्न ध्यानाकर्षण गराउँदै सामाजिक बिकास मन्त्री कृष्णराज सुवेदीलाई ज्ञापनपत्र बुझाएको हो ।  कोरोना भित्रिन नदिन अत्यावश्यक सामग्री बाहेक सबै नाका बन्द गरिनुपर्ने, भाइरस संक्रमण भइहाले तत्काल आवश्यक उपचार गर्ने गरी संरचना तयार गर्ने, एसइइ सञ्चालन भइरहेका बिद्यालयमा चिकित्सक सहितको हेल्थ डेस्क राखिनुपर्ने लगायतका माग अनेरास्वबियुले गरेको छ ।

ज्ञापनपत्र बुझ्दै सामाजिक बिकास मन्त्री कृष्णराज सुवेदीले प्रदेशको क्षमता अनुसार पुर्व तयारी अपनाएको बताउनु भयाे । क्वारेन्टाइन, आइसोलेशन कक्ष स्थापना भइसकेको साथै आवश्यक परेमा थप पुर्ब तयारीमा सरकार लागेको पनि उहाँले जानकारी गराउनुभयाे ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.