Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

धनगढीको गौरिफन्टा नाकामा तनाव, प्रहरीमाथि ढुंगा प्रहार

सरकारविरुद्ध नाराबाजी

User Photo मङ्लबार, चैत्र ११, २०७६
काठमाण्डाै ।

काठमाडौं । कोरोना भाइरसको त्रासपछि भारतबाट नेपाल फर्किएका नेपाली नागरिकलाई प्रहरीले सीमानाकाबाट प्रदेश नदिएपछि धनगढीको गौरीफन्टा नाकामा तनाव भएको छ ।

करिब ६०० को संख्यामा सीमा नाकामा आइपुगेका नेपालीलाई सरकारले सीमानाका बन्द भइसकेको भन्दै प्रवेश नदिएपछि तनाव भएको हो ।

भारतका विभिन्न ठाउँबाट काम गरेर सोमबार सीमामा आइपुगेका उनीहरुले मंगलबार बिहानसम्म पनि प्रवेश अनुमति नदिएको भन्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । यस्तै प्रहरीमाथि ढुंगा समेत प्रहार गरेका छन् । प्रहरीले पनि लाठीचार्ज गरेको बताइएको छ ।

निकै तनावको अवस्था रहेको सो नाकाबाट उनीहरुलाई हालपनि प्रवेश गर्न दिइएको छैन भने बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ । उनीहरुले स्वास्थ्य जाँच गरेर आफूलाई प्रवेश अनुमति दिन माग गरेका छन् ।

सरकारले कोरोनाभाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सोमबारदेखि लागू हुनेगरी भारत र चीनतर्फको सबै नाका बन्द गराएको थियो । सोहीअनुसार संक्रमणको जाखिमलाई मध्यनजर गर्दै सीमाबाट कसैलाई पनि प्रवेश दिइएको छैन ।

तर ढिला गरी गौरीफन्टा नाका हुँदै उनीहरु नेपाल फर्किएपछि प्रहरीले प्रवेशमा रोक लगाएको हो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.