Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

लकडाउन उल्लंघन गर्ने १ सय ३९ जना पक्राउ

User Photo शनिबार, चैत्र १५, २०७६
काठमाण्डाै ।

कोरोना रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरी कडा रुपमा उत्रिन थालेको छ । लकडाउनको पाँचै दिनसम्ममा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सरकारी निर्णयको पूर्ण कार्यान्वयनका लागि प्रहरी आक्रामक रुपमा प्रस्तुत हुन थालेको हो ।

जसअनुसार शनिबार बिहान ८ बजेसम्मको अवधिमा मात्रै प्रहरीले १ सय ३० जना पुरुष र ९ महिला गरी १ सय ३९ जनालाई पक्राउ गरेको छ । प्रहरीले अत्यावश्यक कामविना सडकमा ननिस्किन पनि सर्वसाधारणलाई आह्वान गरेको छ ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेल भन्छन्, ‘अब सबैले लकडाउन के हो ? कसको लागि भन्ने बुझिनसक्नु भएको छ । एउटा व्यक्तिको लापरबाहीले पूरै समाज संक्रमित हुनसक्ने भएकाले अब कसैलाई छुट हुँदैन ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.