Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 24, 2026
सोमवार, जेष्ठ ११, २०८३

‘लकडाउन’ उल्लंघन रोक्न खोज्दा कांग्रेसका नेतामाथि छुरा प्रहार

User Photo शनिबार, चैत्र २२, २०७६
काठमाण्डाै ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा नेपाली कांग्रेसका स्थानीय नेतामाथि छुरा प्रहार भएको छ । ‘लकडाउन’ उल्लंघन रोक्न खोज्दा नेता दिलिप तामाङमाथि छुरा प्रहार भएको हो ।

कांग्रेसका पूर्वक्षेत्रीय सदस्य समेत रहेका ६५ वर्षीय तामाङमाथि शुक्रबार साँझ ७ बजेतिर छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपाल सरकारले गरेको अख्तियार गरेको ‘लकडाउन’ उल्लंघन हुने क्रम बढेपछि तामाङले त्यसलाई रोक्ने काम गरेको स्थानीयहरु बताउँछन्।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीका अनुसार ‘लकडाउन’ उल्लंघन हुने क्रम बढेपछि तामाङले सडकमा काठ तेस्र्याएर त्यसलाई रोक्ने प्रयास गरेको पाइएको छ ।

तामाङलाई छुरा प्रहार गरेको आधा घण्टाभित्रै घटनामा संलग्नलाई पक्राउ गरिएको डीएसपी गिरीले रातोपाटीलाई बताए । उनले भने, ‘घटनामा संलग्न स्थानीय २८ वर्षीइ विजय लिम्बु पक्राउ परेका छन्। लिम्बुमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ ।’

पटक–पटक लिम्बु र तामाङबीच विवाद हुँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको डीएसपी गिरीले बताए । डीएसपी गिरीका अनसार मादक पदार्थ सेवन गरेका लिम्बूले विवादकै क्रममा छुरा प्रहार गरेर तामाङलाई घाइते बनाएको हो ।

तामाङको छुरा प्रहारबाट बायाँ छात्तीमा गहिरो चोट लागेको छ । प्रहरीका अनुसार तामाङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.