‘लकडाउन’ उल्लंघन रोक्न खोज्दा कांग्रेसका नेतामाथि छुरा प्रहार

शनिबार, चैत्र २२, २०७६, काठमाण्डाै । 

मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा नेपाली कांग्रेसका स्थानीय नेतामाथि छुरा प्रहार भएको छ । ‘लकडाउन’ उल्लंघन रोक्न खोज्दा नेता दिलिप तामाङमाथि छुरा प्रहार भएको हो ।

कांग्रेसका पूर्वक्षेत्रीय सदस्य समेत रहेका ६५ वर्षीय तामाङमाथि शुक्रबार साँझ ७ बजेतिर छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपाल सरकारले गरेको अख्तियार गरेको ‘लकडाउन’ उल्लंघन हुने क्रम बढेपछि तामाङले त्यसलाई रोक्ने काम गरेको स्थानीयहरु बताउँछन्।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीका अनुसार ‘लकडाउन’ उल्लंघन हुने क्रम बढेपछि तामाङले सडकमा काठ तेस्र्याएर त्यसलाई रोक्ने प्रयास गरेको पाइएको छ ।

तामाङलाई छुरा प्रहार गरेको आधा घण्टाभित्रै घटनामा संलग्नलाई पक्राउ गरिएको डीएसपी गिरीले रातोपाटीलाई बताए । उनले भने, ‘घटनामा संलग्न स्थानीय २८ वर्षीइ विजय लिम्बु पक्राउ परेका छन्। लिम्बुमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ ।’

पटक–पटक लिम्बु र तामाङबीच विवाद हुँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको डीएसपी गिरीले बताए । डीएसपी गिरीका अनसार मादक पदार्थ सेवन गरेका लिम्बूले विवादकै क्रममा छुरा प्रहार गरेर तामाङलाई घाइते बनाएको हो ।

तामाङको छुरा प्रहारबाट बायाँ छात्तीमा गहिरो चोट लागेको छ । प्रहरीका अनुसार तामाङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा प्रदेश नं- १ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै