Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

वीरगन्जमा लुकेर बसेका भारतिय सहित २६ जना प्रहरी नियन्त्रणमा

उनीहरू मुस्लिम धर्म गुरु, धर्म प्रचारक र केहि भारतबाट लुक्न आएका हुन

User Photo आइतवार, चैत्र ३०, २०७६
काठमाण्डाै ।

वीरगन्जका मस्जिदमा लुकेर बसेका भारतका १९ मुस्लिम जमाती (धर्म प्रचारक) सहित २६ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले शनिबार साँझ नियन्त्रणमा लिएका २६ मध्ये भारत दिल्लीको मुस्लिम तबलगती भेलामा सहभागी भएका १९ जना भारतीय जमाती, वीरगन्जका ३ जना मौलाना (मुस्लिम धर्म गुरु) र भारतबाट पाहुना आइ बसेका ४ जनालाई नियन्त्रणमा लिएको हो।

उनीहरुलाई वीरगन्जको छपकैया र घुसुकपुरमा रहेका २ वटा मस्जिदबाट शनिबार साँझ नियन्त्रणमा लिएर वीरगन्जको श्रीपुरस्थित सिद्धार्थ माविमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिइन्। जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय वीर्ताको प्रहरी टोलीले छपकैयाको मस्जिदबाट ११ र घुसुकपुरको मस्जिदबाट १५ गरी २६ जनालाई नियन्त्रणमा लिएर प्रहरीको स्कटिङमा क्वारेन्टाइनमा पुर्‍याएको उनले बताइन्।

यसअघि गत शुक्रबार साँझ छपकैयाकै मस्जिदबाट नियन्त्रणमा लिएर नारायणी अस्पतालको आइसोलेसनमा राखिएका ३ जना भारतीय मुस्लिम जमातीमा कोरोना संक्रमण देखिएकाे छ।

अस्पतालको आइसोलेसनमा शुक्रबारदेखि राखिएका ३ जना भारतीय मुस्लिम जमाती , कोरोना संक्रमित भएको आशंका भएपछि प्रहरीले उनीहरु बस्दै आएको मस्जिदमा शनिबार साँझ पुगेर थप २६ जनालाई नियन्त्रणमा लिएको हो।

शनिबार साँझ मस्जिदबाट नियन्त्रणमा लिइएका २६ मध्ये १९ मुस्लिम जमातीहरु, भारतको दिल्ली र त्यस आसपास क्षेत्रका बासिन्दा रहेको प्रहरीले जनाएको छ। उनीहरुले आफूहरु दिल्लीको तबलगी जमातमा सहभागी भइ ३ महिना पहिलेदेखि नै धर्म प्रचारका लागि नेपाल आएको बयान दिएको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुले जानकारी दिए।

शनिबार साँझदेखि क्वारेन्टाइनमा राखिएकाहरुको स्वास्थ्य परीक्षण गरिएको जानकारी दिदै प्रहरी उपरीक्षक पन्तका अनुसार उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमै राखिन्छ।चैत २० गते पनि प्रहरीले पर्साकै विभिन्न मस्जिदमा लुकेर बसेको अवस्थामा २६ जना मुस्लिम जमातीलाई नियन्त्रणमा लिएको थियो। उनीहरु सबै बारा, रौतहट र सप्तरीका रहेकाले २ दिन क्वारेन्टाइनमा राखेर प्रहरीले उनीहरुलाई सम्बन्धित जिल्लामा पठाएको थियो।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.