
कैलालीको लम्की चुहा नगरपालिकामा थप एक महिलामा कोरोना पोजेटिभ देखिएको छ । लम्की चुहा नगरपालिका वडा नं. १ भुरुवाकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको टीकापुर अस्पताल स्रोतले जानकारी दिएको छ।
अस्पतालका स्वास्थ्यकर्मीका अनुसार लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी महिलामा कोरोना पोजेटिभ देखिएको हो। र्यापिड टेस्टमा नेगेटिभ देखिएको उनको उनको काठमाडौंमा परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पताल स्रोतले बताएको छ। र्यापिड टेष्टमा नेगेटिभ देखाएको थियो।
उनी वीरगन्जमा सामान्य व्यापारको कारोवार गर्दै आएकी थिइन्। वीरगन्जबाट उनीसहित १७ जना लम्की चुहा नगरपालिकामाचैत्र ९ गते आएका थिए। पहिला क्यारेन्टाइनमा बस्न नमानेपनि पछि सबैले बस्न भनेपछि मानेका थिए।
५१ जना रहेको क्वारेन्टाइनबाट टीकापुर अस्पतालको स्वास्थ्यकर्मीको टोलीले ४४ जनाको स्वाब संकलन गरेको थियो। काठमाडौंबाट आएको टोलीले २५ गते र्यापिड र स्वाब दुबै संकलन गरेको थियो । लम्की चुहामै ९९ जनाको स्वाब संकलन भएको थियो । ९८ जनाको नेगेटिभ आयो ।
सरकारले भने आधिकारिक घोषणा गरिसकेको छैन । यससँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या १३ पुगेको छ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द