Naya Media
मङ्लबार, जेष्ठ ५, २०८३
| | May 19, 2026
मङ्लबार, जेष्ठ ५, २०८३

पुर्वी सिमानामा थप कडाई, हात्ति रुङ्ने टावरमा पनि प्रहरी

User Photo बिहिबार, बैशाख ४, २०७७
झापा ।

नेपाल सरकारले नेपाल- भारत सिमामा थप कडाई गरेको छ। सशस्त्र प्रहरी र नेपाल प्रहरीले सिमा सुरक्षालाई थप कडा पारेकाछन, आवातजावत समेत पुर्ण रूपमा बन्द छ।

तराईका अधिकांस क्षेत्रहरुमा सरकार र स्थानिय निकायहरुले सिमा सुरक्षालाई उच्च प्राथमिकतामा राखेका छन्। पुर्वी नाका मेचिनगर नगरपालिका अन्तर्गतको काकभिट्टा देखी उत्तर क्षेत्रमा स्थानिय वडाहरुको समन्वयमा सुरक्षाकर्मी र स्वयंसेवकहरुको बाक्लो उपस्थिति छ।

पुर्वि भन्सार काकडभिट्टामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् भने सो भन्दा उत्तरी क्षेत्रको करिब १६ किलोमिटर सिमामा स्थानिय सहितको गस्ती छ।

लकडाउन अघिसम्म व्यापक चहलपहल हुने राइसिङ ,प्रधानगाउ, प्रसाद गौडा, तिरिङ, नकलबन्दा लगायत स-सना प्रबेश मार्गहरु पनि यति बेला ठप्प छन्।

प्रत्येक ५०० मिटरको अंतरमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले गस्ती गरिरहेका छन्। मेचि खोला कटानले बनाएको बगरमा वारीपारी गरि चरन गर्ने चौपाय र तिनका गोठाला समेतलाई यतिबेला वारिपारी गर्न दिइएकाे छैन।

“हामिले चौपाय चराउन आउने गोठाला र उनिहरुका बस्तुभाउलाई समेत वारीपारी गर्न दिएका छैनौ”, गस्तीमा खटिएका प्रहरी अधिकारीले भने।

मेचिनगरपालिका वडा न- ४ का वडाध्यक्ष नवीन बरालले हात्ती रुङ्न बनाइएका टावरहरु समेत सिमा निगरानीका लागि प्रयोग गरेको बताए।बरालका अनुसार उक्त क्षेत्रमा ९ वटा टहराहरु छन्। उनले भने,”हामिले हाम्रो क्षेत्रमा कसैलाई पनि प्रबेश गर्न दिएका छैनौं, हात्ती रुङ्ने सबै ९ वटा टावरहरुमा प्रहरी र स्थानिय युवाहरु २४ सै घण्टा खटिरहनु भएको छ।”

भारतको नक्सल, सिमलतला, खुवाटार, तारावारी हुँदै झापाको मेचिनगर, बुद्धशान्ती र इलामको रोङ गाउँपालिका सम्म भन्सार छलेर कृषीजन्य र अन्य सामाग्रीहरु नेपाल प्रवेश गराउने भएकाले पनि थप कडाई गरिएको अधिकारीहरु बताउँछन्।

टावर नभएका कतिपय स्थानमा प्रहरीले अस्थाई टेण्ट राखेर पनि गस्ती गरिरहेको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.