Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

एक साथ सात वटा बसमा काठमाण्डाै भित्रिदै गरेका १६० जना नागढुंगामा रोकिए

User Photo सोमवार, बैशाख १५, २०७७
काठमाण्डाै ।

सात वटा बसमा काठमाण्डाै भित्रीदै गरेका १६० जनालाई प्रहरीले नागढुंगामा रोकेकाे छ ।  बसलाई नागढुंगामा राकेर चेकजाँच हुदै छ। बस कहाँबाट आइरहेको भन्नेबारेमा बुझ्ने काम भइरहेको छ । लकडाउनको समय भएकाले बस रोकेर जानकारी लिने काम गरिरहेको प्रहरीले बताएकाे छ ।

ति बसहरू विराटनगरमा अलपत्र परेका काठमाडौंका बासिन्दालाई लिएर आइरहेका बुझिएकाे छ । विराटनगर महानगरपालिकाले सात वटा बसमा १६० जनालाई राखेर पठाएका बस काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा रोकिएका हुन् ।

एक प्रहरी अधिकृतले भने, ‘बसलाई नागढुंगामा राकेर चेकजाँच गरिरहेका छौं । बस कहाँबाट आइरहेको भन्नेबारेमा बुझ्ने काम भइरहेको छ । यसबारे हामीसँग कुनै समन्वय भएको छैन ।’ लकडाउनको समय भएकाले बस रोकेर जानकारी लिने काम गरिरहेको ती अधिकृतले बताए ।

तर विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेलले भने समन्वय गरेरै विराटनगरमा अलपत्र परेका काठमाडौंका जनतालाई पठाएको बताउँछन् । उनले भने, ‘हामीले समन्वय गरेर नै पठाएका थियौं । तर गाडी नागढुंगामै रोकिएछ भन्ने जानकारी पाएका छौं । हामीले सबैलाई स्वास्थ्य जाँच गरेर पठाएका छौं ।’

आइतबार समन्वय गरेर पठाएको भएपनि काठमाडौं प्रवेश गर्न नदिएको उनले बताए । ‘हामीले पठाएका सबै यात्रु काठमाडौंका हुन्,’ उनले भने, ‘काठमाडौंबाट आएका हाम्रा नागरिकलाई हामीले ल्याइरहेका छौं, रेकर्ड राखेर उहाँहरुलाई पनि आफ्नो घर जान दिनुपर्छ ।’

सोमबार बिहानै पुगेका बसलाई नागढुंगामा राकेर राखिएको मोरङ–काठमाडौं समाजका अध्यक्ष मुरारी कोइरालाले बताए । ‘गाडी रोकिएपछि हामी समन्वय गरिरहेका छौं,’ उनले भने, ‘प्रशासनले नाकामा कडाइ गरेको रहेछ ।’

सोही बसमार्फत काठमाडौंमा अलपत्र आफ्ना नगरबासीलाई ल्याउने योजना विराटनगर महानगरपालिकाको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.