Naya Media
मङ्लबार, जेष्ठ १९, २०८३
| | June 2, 2026
मङ्लबार, जेष्ठ १९, २०८३

प्रशासनलाई झुक्याएर २ वटा बसमा ६० भारतिय यात्रु पोखराबाट वीरगञ्ज पुगेपछी

User Photo सोमवार, बैशाख १५, २०७७
काठमाण्डाै ।

लकडाउनले देश ठप्प हुँदा पनि पोखराबाट ६० भारतिय यात्रु सहित २ वटा बस वीरगञ्ज पुगेका छन । घटना वैशाख ९ गतेको हो उनीहरू भारत जाने उद्देश्य सहित प्रशासनलाई झुक्याएर वीरगञ्ज पुगेका हुन ।

वीरगञ्जका लागि भनेर पोखराका विभिन्न ठाउँमा काम गर्ने उनीहरुले आफैं बसको व्यवस्था गरेर हिँडेका थिए । पोखराबाट प्रहरी प्रशासन र महानगरलेसमेत उनीहरुलाई जान अनुमति दियो । तर, उनीहरुले प्रशासन र महानगर दुवैलाई ढाँटेको खुलेको छ ।

जब उनीहरु वीरगञ्ज पुगे, उनीहरू ढाटेर त्यहाँ पुगेकाे खुल्याे । वीरगञ्ज पुगिसकेपछि पनि उनीहरु गाडीबाट ओर्लिन मानेनन् । उनीहरु वीरगञ्ज होइन, भारत जान हिडेकाे थाहा भयाे । पोखराको प्रहरी प्रशासनलाई ढाँटेर भारत जान लागेका उनीहरुलाई वीरगञ्जको प्रशासनले फेरि पोखरामै फिर्ता पठाइदिएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीका अनुसार उनीहरु आएको प्रजिअलाई पनि थाहा थिएन । उनीहरुले अनुमति लिएका थिएनन् । जाँच गर्दा भारत जाने टोली रहेको खुल्यो । अनि उनीहरूलाई त्यहीबाट फेरी पाेखरा फर्काइयाे ।

११ गते वीरगञ्जबाट पोखरा फर्काएर उनीहरुलाई र्‍यापिड टेस्ट गरी क्वारेन्टाइनमा राखिएको छ । आइतबार ६० जना भारतीय र अन्य थप २ जनासहित ६२ जनाको र्‍यापिड टेस्ट गरिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

बिनाअनुमति लकडाउनमा हिँड्नेलाई प्रहरीले रोक्न र पास खोज्छ सक्छ । तर, जिल्ला प्रशासन कार्यालय कास्कीसँग यो घटनाको मात्रै होइन, लडकडाउन अवधिभर कास्कीबाट कति बाहिरिए भन्ने तथ्यांकसमेत छैन

लकडाउनमा सवारी पास प्रदान गर्ने निकाय जिल्ला प्रशासन कार्यालय हो । पालिकाले सवारी पासका लागि सहजीकरण गर्न सक्छ तर सवारी अनुमति दिने अधिकार जिल्ला प्रशासन कार्यालयलाई मात्र छ ।

पोखरा वडा नम्बर ८ का वडाध्यक्ष रुद्रप्रसाद बरालले उनीहरुले वडाबाट सवारी पास अनुमतिको सिफारिस मात्र लिएर गएको बताए । सवारी पास नभइ त्यही सिफारिसकै भरमा उनीहरु वीरगञ्ज पुगेको खुलेको छ । कास्कीबाट पर्साको वीरगञ्जसम्म यात्रा गर्दा बाटोमा पर्ने विभिन्न जिल्लाका प्रहरी प्रशासनले समेत उनीहरुलाई किन रोकेनन् रहस्यको विषय बनेको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल भने प्रहरी र महानगरलाईसमेत झुक्याएर उनीहरु वीरगञ्ज पुगेको बताउँछन् । सीडीओ ढकाल भन्छन्, ‘हामीले अनुमति दिएका छैनौं । झुक्याएर गए होलान् ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.