Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

मस्जिदमा नवाज पढेजस्तो खुसी घरमा कहाँ छ र ?

'अल्लाहले बुझेको छ, यो साल हामी संकटमा छौँ'

User Photo सोमवार, बैशाख १५, २०७७
झापा ।

अघिल्लो बर्षको रोजामा झापा बुद्धशान्तिका ६७ बर्षिय मोहम्मद् उजिर घर नजिकको नुरि जामे मस्जिदमा ५ पटकसम्म नवाज पढ्थे । २५-३० जनाको टोलिमा नवाज पढ्दा उनलाई छुट्टै आनन्द हुन्थ्यो ।

तर यो बर्ष विश्वब्यापी रूपमा फैलिरहेको कोरोना भाइरसका कारण उनी घरमै बसेर नवाज पढ्दै छन् । सामुहिक रूपमा नवाज पढ्दा अल्लाह खुशी हुने मोहम्मद् उजिरको बिश्वास छ । उनी भन्छन्, “घरमा एक्लै बसेर के नवाज पढ्नु ?, यस्तो जिन्दगी बाँच्नु भन्दा बरू मरेकै बेस ।”

उजिर मात्रै होइन सोही ठाउँका ३५ बर्षिय महोम्मद् नजिव पनि यतिबेला मस्जिदको अगाडि बसेर बिगतका बर्षहरू सम्झदै छन् । बिहानै उठेर आजान सुनेर उनी मस्जिद जान्थे र दिनभर केही नखाई रिकात पढेर बस्थे । “घरमा बसेर कति रिकात गर्ने ?, मस्जिदमा जस्तो खुशी कहाँ छ ?“ मोहम्मद आफ्नो पीडा सुनाउँछन् ।

झापाको बुद्धशान्ति गाउँपालिकामा करिब ३५ घर मुस्लीम परिवार छन् । बन्दाबन्दीका कारण यतिबेला उनीहरू घरैमा बसेर निराहर रही नवाज पढ्दैछन् । कोरोनाबाट यो बर्ष बाँचे अर्को बर्ष बाट खुसी साथ रोजा बस्न पाईने कुरामा उनीहरू ढुक्क छन् । महोम्मद् नजिव भन्छन्, “यसबर्ष रमाजान सुनसान र खल्लो भएपनि कोरोना सकिएपछि हामी मस्जिदमा गएर अल्लाहलाई पुकार्ने छौँ, हामीलाई शंकट परेको उसले बुझेको छ ।”

विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाईरसका कारण देशभर बन्दाबन्दी छ । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान शनिबार देखि शुरू भएको छ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान दिनमा निराहार बस्छन् । मुसलमान समुदायले बिहान ३ः४३ बजेबाट बेलुका ६ः३६ बजेसम्म निराहार बस्नुलाई रोजा भनिन्छ । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्ने उनीहरूको मान्यता रही आएको छ ।

रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ । रमजान महिनामा मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने मुस्लीम धर्मावलम्वीहरूको विश्वास छ ।

दान दिनु, गरीब र दीन दुःखीलाई सेवा गर्नु तथा जकात निकाल्नु यो महिनाको ठूलो विशेषता समेत हो । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछन् ।

नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई भने रोजा बस्न अनिवार्य नभएको नुरी जामे मस्जिदका शिक्षक महमद् फरिदुल हसन बताउँछन् । उनी बिगत तीन बर्ष यतादेखी उक्त समुदायका करिव ३० जना बालबालिकालाई पढाईरहेका छन् । बन्दाबन्दीका कारण काम गर्न नपाएका सो समुदायका केही स्थानीयहरूले राहत लिएरै भएपनि रोजा घरमै बस्दै आएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.