Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 1, 2026
शनिबार, बैशाख १९, २०८३

महावीर पुनका ७ सुझाव, अहिले सत्ता र स्वार्थको लागी चलखेल गर्ने समय हाेइन

User Photo मङ्लबार, बैशाख १६, २०७७
काठमाण्डाै ।

सामाजिक अभियन्ता तथा राष्ट्रिय अनुसन्धान केन्द्रका अध्यक्ष महावीर पुनले अहिले भइरहेका सरकार र राजनितीक गतिविधी प्रती असन्तुष्टी व्यक्त गरेकाछन । सामाजिक सञ्जाल फृसबुकमा लेख्दै संकटकाे समयमा नेताहरू आपत संग लडनुकाे सट्टा सत्ता र स्वार्थका लागी चलखेल गर्नमै व्यस्त भएकाे भन्दै केही सुझाव समेत दिएकाछन ।

आफ्ना कुराहरू उपदेश हाेइनन्, सुझाव हुन भन्दै पुनले लेखेकाछन्,

यी तलका कुराहरु उपदेश होइनन, म उल्लु र मुर्खले दिएको सुझाबहरु हुन् पढ्नु होस् ।

१- यो समय भनेको सत्ता र स्वार्थको लागी चलखेल गर्ने, समिकरण बनाउने, फकाई फुल्याई गर्ने, वार्ता गर्ने, फुटाउने, धम्क्याउने, भागबण्डा गर्ने समय हुँदै होइन । यो समय भनेको निम्न कामहरु गर्नको लागी खर्चिनु पर्ने समय हो ।

२- यो समय भनेको कोरोना संग लड्न अग्रपंक्तिमा खटाईएका स्वास्थ्यकर्मीहरु र सुरक्षाकर्मीहरु लाई सुरक्षित बनाउने र उपचार गर्न चाहिने अत्याबश्यक सामानहरु जहाँ बाट जसरी हुन्छ उपलब्ध गराई काममा लगाउनु पर्ने समय हो ।

३- यो समय भनेको सम्पूर्ण नेपालीहरु मिलेर कोरोनालाई फैलन नदिन दिमाग लगाएर सम्भब भए सम्मका उचित उपायहरु निकालेर काम गनु पर्ने समय हो ।

४- यो समय भनेको कोरोनाको लक डाउनले गर्दा अत्यन्तै दुख पाई रहेका निम्न आय भएका गरीब र मजदुरहरुलाई मदत गर्नु पर्ने समय हो ।

५- यो समय भनेको सिमानामा बिचल्ली भएका र बिदेशमा रोजगारी गुमेर दुख पाई रहेका नेपालीहरुको सुरक्षित तरिकाले उद्धार गर्ने समय हो ।

६- यो समय भनेको किसानहरुले उत्पादन गरेर पनि बेच्न नसकेका कृषिजन्य उपजहरुलाई बजारमा ल्याएर बेच्न मदत गर्नु पर्ने समय हो ।

७- यो समय भनेको दिमाग लगाएर कोरोनाले गर्दा प्रभावित उद्योग, पर्यटन, शिक्षा, रोजगार सहित अन्य सबै क्षेत्रका समस्याहरुको सही सामाधान खोज्ने समय हो । धेरै बाठो हुने समय होइन ।

गल्ती भएमा माफ पाउँ धन्यबाद ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.