
सामाजिक अभियन्ता तथा राष्ट्रिय अनुसन्धान केन्द्रका अध्यक्ष महावीर पुनले अहिले भइरहेका सरकार र राजनितीक गतिविधी प्रती असन्तुष्टी व्यक्त गरेकाछन । सामाजिक सञ्जाल फृसबुकमा लेख्दै संकटकाे समयमा नेताहरू आपत संग लडनुकाे सट्टा सत्ता र स्वार्थका लागी चलखेल गर्नमै व्यस्त भएकाे भन्दै केही सुझाव समेत दिएकाछन ।
आफ्ना कुराहरू उपदेश हाेइनन्, सुझाव हुन भन्दै पुनले लेखेकाछन्,
यी तलका कुराहरु उपदेश होइनन, म उल्लु र मुर्खले दिएको सुझाबहरु हुन् पढ्नु होस् ।
१- यो समय भनेको सत्ता र स्वार्थको लागी चलखेल गर्ने, समिकरण बनाउने, फकाई फुल्याई गर्ने, वार्ता गर्ने, फुटाउने, धम्क्याउने, भागबण्डा गर्ने समय हुँदै होइन । यो समय भनेको निम्न कामहरु गर्नको लागी खर्चिनु पर्ने समय हो ।
२- यो समय भनेको कोरोना संग लड्न अग्रपंक्तिमा खटाईएका स्वास्थ्यकर्मीहरु र सुरक्षाकर्मीहरु लाई सुरक्षित बनाउने र उपचार गर्न चाहिने अत्याबश्यक सामानहरु जहाँ बाट जसरी हुन्छ उपलब्ध गराई काममा लगाउनु पर्ने समय हो ।
३- यो समय भनेको सम्पूर्ण नेपालीहरु मिलेर कोरोनालाई फैलन नदिन दिमाग लगाएर सम्भब भए सम्मका उचित उपायहरु निकालेर काम गनु पर्ने समय हो ।
४- यो समय भनेको कोरोनाको लक डाउनले गर्दा अत्यन्तै दुख पाई रहेका निम्न आय भएका गरीब र मजदुरहरुलाई मदत गर्नु पर्ने समय हो ।
५- यो समय भनेको सिमानामा बिचल्ली भएका र बिदेशमा रोजगारी गुमेर दुख पाई रहेका नेपालीहरुको सुरक्षित तरिकाले उद्धार गर्ने समय हो ।
६- यो समय भनेको किसानहरुले उत्पादन गरेर पनि बेच्न नसकेका कृषिजन्य उपजहरुलाई बजारमा ल्याएर बेच्न मदत गर्नु पर्ने समय हो ।
७- यो समय भनेको दिमाग लगाएर कोरोनाले गर्दा प्रभावित उद्योग, पर्यटन, शिक्षा, रोजगार सहित अन्य सबै क्षेत्रका समस्याहरुको सही सामाधान खोज्ने समय हो । धेरै बाठो हुने समय होइन ।
गल्ती भएमा माफ पाउँ धन्यबाद ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द