Naya Media
शनिबार, साउन ३०, २०८३
| | August 14, 2026
शनिबार, साउन ३०, २०८३

एकअर्काविरुद्ध उजुरी गर्न गएका नेकपा र जसपाका कार्यकर्ताबीच दाेहाेराे नाराबाजी

User Photo मङ्लबार, बैशाख १६, २०७७
काठमाण्डाै ।

एक अर्काविरुद्ध उजुरी लिएर पुगेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादीका कार्यकर्ताबीच बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा जम्काभेट भएको छ।

डा. बाबुराम भट्टराईविरुद्ध साइबर क्राइमको उजुरी लिएर पुगेका नेकपाका कार्यकर्ता र आफ्ना सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै नेकपा सांसद महेश बस्‍नेत, किसानसिंह श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध उजुरी लिएर पुगेका जनता समाजवादीका नेता कार्यकर्ता जम्काभेट हुँदा नाराबाजी भएको हो।

दुवै पक्षबीच जम्काभेट हुँदा सरकारी वकिलको कार्यालय क्षेत्रमा केही बेर एकअर्काविरुद्ध नाराबाजी भएको थियो। सरकारले चलाएको लकडाउनका बेला दुवै पक्ष भिड जम्मा गरेर सडकमा निस्किएका थिए। तर सरकारी वकिलको कार्यालयले दुवै पक्षको उजुरी लिन अस्विकार गरेको छ। दुवैले लिएर गएको जाहेरीलाई यसअघि महानगरीय प्रहरी परिसर काठमाडौंले पनि दर्ता गर्न अस्वीकार गरेको थियो।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.