Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

नेपाल छिर्न नदिएकाे भन्दै भारतिय नागरिक द्वारा सिमानामा प्रहरी माथि ढुंगामुढा

प्रहरीले फायर खाेल्दा भीड भयाे तितर वितर

User Photo बिहिबार, बैशाख २५, २०७७
काठमाण्डाै ।

बाराको कबहीगोठस्थित नेपाल- भारत सीमानामा भारतियले प्रहरी माथि हातपात र ढुंगामुढा गरेकाछन । भारतबाट दुइटा गाडीसहित नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकले सिमामा रहेका प्रहरीमाथी हातपात र ढुंगामुढा गरेका हुन ।

स्थिती तजानवपुर्ण भएपछि सशस्त्र प्रहरीले हवाई फायर गर्दै भीडलाई तितर वितर पारेकाे हाे । गाडी प्रवेश गर्न नपाएपछि करिब डेढ सयको संख्यामा भारतीय नागरिक सशस्त्र प्रहरीको चेक प्वाइन्टमा ढुंगामुढा गर्न आएका थिए ।

त्यही क्रममा सशस्त्रले हवाई फायर गरी भीडलाई भारततफै फर्काएको हो ।

लकडाउनयता मात्रै भारतीय नागरिकले नेपाल प्रवेश गर्न खोज्दा ११ चेक प्वाइन्टमा आक्रमण गरेका छन् ।

चैत १८ यता सीमानाकाबाट आवतजावत गर्न माग गर्दै सप्तरी, सिरहा, झापा, मोरङ, सर्लाही, नवलपरासी, कपिलवस्तुलगायत जिल्लामा सीमामा खटिएका प्रहरी र सशस्त्र प्रहरीमाथि सांघातिक आक्रमण र दुर्व्यवहार गरिएको छ ।

आउजाउमा रोक लगाउँदा भारतीय भूमिबाट आएको भीडले प्रहरीका हतियार नै खोस्नेसम्मका गतिविधि गरेका छन् । कतिपय चेकप्वाइन्टमा सीमापारिबाट रातको समयमा सुरक्षाकर्मीलाई लक्षित गरी ढुंगा प्रहार हुने गरेको सुरक्षा अधिकारीहरू बताउँछन् ।

आक्रमणका घटना नरोकिए दशगजाबाट ३ किमि क्षेत्रमा निषेधाज्ञा र कफ्र्यु लगाई सीमा क्षेत्रलाई ‘रेड जोन’ घोषणा गर्नुपर्ने सुझावसमेत आएको गृह मन्त्रालय उच्च स्रोतको भनाइ छ । मंगलबारमात्रै सरकारले सीमाबाट ५ किमिभित्र सेनाको गस्ती परिचालन गर्ने निर्णय गरिसकेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.