Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

सिंहदरबारको मुख्‍य गेट अगाडि चिनियाँ नागरिककाे धर्ना, झडप हुदा डिएसपीसहित ६ जना घाइते

User Photo शुक्रबार, बैशाख २६, २०७७
काठमाण्डाै ।

घर फर्कन माग गर्दै सिंहदरबारको मुख्‍य गेट अगाडि धर्ना दिन आएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ ।

झडपमा डिएसपीसहित ६ जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो निषेधित क्षेत्रमा चिनियाँ नागरिकहरु जुलुससहित आएपछि झडप भएको हो । प्रहरीको लाठीचार्जबाट दुई चिनियाँ पनि सामान्य घाइते भएका छन् ।

तर उनीहरु अस्पताल जानसमेत नमानिरहेको प्रहरीले जनाएको छ ।

यस्तै चिनियाँ नागरिकको ढुंगा प्रहारबाट डीएसपी हरिबहादुर बस्‍नेतसहित ४ प्रहरी घाइते भएका छन् । अहिले चिनियाँ नागरिकहरु फुटपाथमा बसेर धर्ना दिइरहेका छन् । प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाउन खोजे पनि हट्न मानिरहेका छैनन् ।

२० जनाभन्दा बढी रहेका उनीहरु ‘वी वान्ट टू गो ब्याक होम’ लेखिएको प्ले कार्ड बोकेर सिंहदरबार गेट अगाडि धर्ना बसिरहेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.