Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

एम्बुलेन्स मार्फत र शक्तिको आडमा उपत्यका भित्रिने बढे

User Photo शनिबार, बैशाख २७, २०७७
काठमाण्डाै ।

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको बन्दाबन्दीको समयमा उपत्यकाबाट ठूलो सङ्ख्यामा मानिस बाहिरी रहँदा पछिल्लो पटक उपत्यका भित्रिने क्रमसमेत बढेको देखिएको छ ।

यसअघि उपत्यका छाडेर घर जानेको तथ्याङ्क कुनै निकायसँग छैन । तथ्याङ्कको अभावमा बन्दाबन्दीको समयमा उपत्यका बाहिरिएका नागरिक शक्तिको आड वा लुकिछिपी पुनः भित्रिन थालेका छन् । कतिपय नागरिक विभिन्न नाकाबाट बिरामीको बहानामा एम्बुलेन्स मार्फत उपत्यका भित्रिन थालेका हुन् ।

लुकिछिपी उपत्यकाभन्दा बाहिरबाट उपत्यका भित्रिन थालेकाले व्यक्तिसँगै कोरोना भाइरस पनि भित्रिन सक्ने खतरा बढ्दै गएको कतिपयको भनाइ छ । यद्यपि काठमाडौँ उपत्यका अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित रहेको देखिएको छ ।

काठमाडौँ सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी) का अनुसार कतिपय उच्च ओहोदाका व्यक्तिले पनि आफन्तलाई उपत्यका बाहिर–भित्र गराइरहेको स्थानीयवासीको गुनासो छ । गोरखापत्र दैनिक


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.