Naya Media
मङ्लबार, असार ३०, २०८३
| | July 14, 2026
मङ्लबार, असार ३०, २०८३

विदेशमा रहेका ६ लाख नेपाली उद्दार गर्नै पर्ने अवस्थामा

युएई र कुवेत द्वारा नेपालीकाे उद्दार गर्न सरकारलाई पत्र

User Photo सोमवार, बैशाख २९, २०७७
काठमाण्डाै ।

युएई र कुवेत सरकारले त्यहाँ रहेका नेपालीलाई काठमाडौं ल्याइदिने भन्दै सरकारलाई पत्र पठाएको छ। सोमबार राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पत्रबारे जानकारी गराएका थिए। उनका अनुसार यूएईले दुईवटा विमानमा नेपाली कामदारहरुलाई ल्याउन भन्दै पत्र पठाएको छ।

त्यस्तै नेपालले तत्काल २ लाख १० हजार नेपालीलाई तत्काल उद्दार गर्नुपर्ने अवस्था रहेको ज्ञवालीले यो तथ्यांक सार्वजनिक गरेका छन्। कोरोना भाइरसका कारण विश्वका अधिकांश मुलुक लकडाउनमा गएपछि सरकारले उद्दार गर्नुपर्ने नेपाली नागरिकको संख्याबारे एक अध्ययन गरेको थियो।

उक्त अध्ययनलाई आधार बनाउँदै मन्त्री ज्ञवालीले तत्कालै र केही समयपछि गरी विश्वभरबाट जम्मा ५ लाख ८८ हजार ७ सयको हाराहारीमा नेपालीलाई उद्दार गर्नुपर्ने बेला आएको बताए। जसमध्ये भारतबाट मात्र २ लाख ५० हजारको हाराहारीमा नेपाली नागरिकलाई उद्दार गर्नुपर्ने उनको भनाई छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.