काठमाण्डाै ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नका जवाफ आज संसदमा दिने भएका छन् । संसद बैठक मध्याह्न १२ बजे बस्दै छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा
आइतबार र सोमबार दुई दिनसम्म छलफल भएको थियो ।
