Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

थप १९ जनामा कोरोना संक्रमण, जम्मा संख्या ६०३

दुई जनामा फेरि संक्रमण, निको हुनेको संख्या  ८७

User Photo आइतवार, जेष्ठ ११, २०७७
काठमाण्डाै ।

आइतबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइतबार दिउँसो १९ जनामा कोरोना पुष्टि भएको हो।  योसँगै नेपालमा  संक्रमितको संख्या ६ सय ३ पुगेको छ ।

प्रवक्ता देवकोटाका अनुसार ४२ जिल्लाका ५ सय २४  पुरुष पुरुष र ७९ महिला गरेर संक्रमितको संख्या ६ सय ३ पुगेको हो । प्रवक्ता देवकोटाका अनुसार शनिबार पर्साको नारायणी अस्पतालबाट डिस्चार्ज भएका ९ जना मध्ये दुई जनामा फेरि संक्रमण देखिएपछि उनीहरु अस्पतालमा भर्ना भएका छन् ।

अन्य सातजना भने घर गएका छन् । नेपालमा संक्रमितको संख्याले ६ सय नाघ्दा  निको हुनेको संख्या  ८७ पुगेको छ ।  अहिले ३९ हजार ८ सय ४ जना क्वारेन्टाइनमा छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.