Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

सुदुरपश्चिममा थप ८ जनामा काेराेना संक्रमण पुष्टि

User Photo बिहिबार, जेष्ठ २२, २०७७
काठमाण्डाै ।

सुदूरपश्चिम प्रदेशमा निको भई डिस्चार्ज भएका व्यक्तिबाहेक कोरोनाभाइरसबाट सक्रिय संक्रमितको संख्या ७२ पुगेको छ । बुधवार सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको परिक्षणमा ८ जना कोभिड–१९ को संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ७२ पुगेको हो ।

जिल्ला अस्पताल बैतडीमा उपचार गराइरहेका १ जना निको भइ डिस्चार्ज भएपछि निको हुनेको संख्या ७ जना पुगेको छ भने बाँकी ७२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

बुधवार गएिको परिक्षणमा धनगढी उप–महानगरपालिका ५१ वर्षका १ जना पुरुष, गौरीगंगा नगरपालिका बस्ने २० र २५ का २ जना पुरुष, डोटी जिल्ला पुर्वीचौकी गाउपालिका बस्ने वर्ष २२, २२, २५, २७ का ४ जना पुरुष र बर्ष ४५ का १ महिला गरी ८ जनामा संक्रमित पुष्टि भएको थियो ।

हालसम्म ६ हजार १८८ जनाको थ्रोट स्वाव नमुना जाच गर्दासम्म ७९ जनामा पोजेटिभ देखिएको थियो । ७ जना निको भइ घर गईसकेपछि बाँकी ७२ जना संक्रमित उपचाररत रहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले रातोपाटीलाई जनाकारी दिए ।

अझै संकलन गरिएको १०८६ जनाको थ्रोट स्वाबको नतिजा आउन बाँकी रहेको उनले बताए । कोभिड १९ को आशंकामा प्रदेशका विभिन्न अस्पतालको आइृसोलेसनमा रही ७६ जना उपचारमा छन् भने २४४ जना सामान्य उपचार पछि निको भइ घर गइसकेको उनले बताए ।

१९७ जनामा आरडिटी पोजिटिभ

प्रदेशमा आरडिटी विधिवाट गरिएको परिक्षण वाट १९७ जनामा आरडिटी पोजिटिभ देखिएको छ । २४ हजार ९४० जनाको आरडिटी परिक्षण गर्दा सम्म १९७ जनामा पोजिटिभ देखिएको हो ।

कार्कीले हालसम्म आरडिटी पोजिटिभ देखिएका १०२ जनाको पिसिआर विधिवाट परिक्षण गर्दा नेगेटिभ आईसकेको बताए ।

उनले पोजिटिभ देखिएका बाँकीको पिसिआर विधिवाट जाँच भइरहेको बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.