Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

जनता समाजवादी पार्टीले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने

User Photo शुक्रबार, जेष्ठ ३०, २०७७
काठमाण्डाै ।

जनता समाजवादी पार्टी नेपालले सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । जसपा नेपालको आज बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । नेपालको नयाँ नक्साअनुसार निशान छापलाई परिमार्जनका लागि नेपालको संविधानको अनुसूची –३ संशोधन गर्न संसदमा प्रस्तुत गरिएको नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको सो पार्टीका नेता विश्वदीप पाण्डेले बताए ।

यसअघि तत्कालिन राजपा नेपालको संसदीय दलले आफूहरुको माग अनुसार प्याकेजमै संविधान संशोधन नभए सरकारले ल्याएको संशोधन विधेयकको पक्षमा मतदान नगर्ने निर्णय गरेको थियो । तर तत्कालिन समाजवादी पार्टी खासगरि सो पार्टीका नेता डा.बाबुराम भट्टराईले मतदानको पक्षमा वकालत गर्दै आइरहेका थिए । त्यसो त तत्कालिन राजपा र समाजवादी पार्टीले संविधान संशोधनको छुट्टै विधेयक संसद सचिवालयमा दर्ता गराएका छन् ।

अर्कोतिर समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारले प्रस्तुत गरेको विधेयक फिर्ता लिन माग गर्दै संसद सचिवालयमा छुट्टै विधेयक दर्ता गराएकी छिन् । तर समाजवादी पार्टीको संसदीय दलले सो विधेयक फिर्ता लिनका लागि निर्देशन दिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.