Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

विहे गरेर आएकी महिलालाई तत्काल नागरिकता दिनु पर्ने काँग्रेसकाे अडान, पास हुन लागेको विधेयक राेकियाे

User Photo बुधबार, असार ३, २०७७
काठमाण्डाै ।

संसदीय समितिबाट पास हुन लागेको नागरिकतासम्बन्धी विधेयकमा काँग्रेसले असहमति जनाएपछि सहमति जुटाउन थप ५ दिन समय थपिएको छ ।

बुधबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा भएको बैठकमा काँग्रेस सांसद दिलेन्द्र बडुले सहमतिका लागि समिति सभापतिसँग समय थप्न माग गरेका हुन् ।

मंगलबार बसेको समितिको बैठकमा विधेयक पास गरेर संसदको पूर्ण बैठकमा पठाउने तयारी भएपनि काँग्रेसका सांसदले १ दिनको समय माग गरेका थिए । पार्टीमा छलफल गरेर सहमतिको बाटो खोल्ने भनेपनि बुधबार कांग्रेस सांसद रित्तो हात बैठकमा सहभागी भएका थिए ।

सहमति जुटाउन कांग्रेसले समय मागेपछि बैठकमा सहभागी गृहमन्त्री रामबहादुर थापाले पनि राजनीति सहमति जुटाउनका लागि समय मागेको थिए । गृहमन्त्रीले पनि समय मागेपछि समिति सभापति शशी श्रेष्ठले सहमति जुटाउनका लागि ५ दिनको समय दिएकी छिन् ।

नागरिकतासम्बन्धी विधेयकमा नेपालीसँग बिहे गरेर आएकी विदेशी महिलालाई नागरिकता दिने अवधिबारे राजनीतिक दलहरुबीच मतान्तर रहेको छ । काँग्रेस तथा मधेस केन्द्रीत दलले २०६३ सालको नागरिकता ऐन अनुसार नेपालीसँग बिहे गरेर आएकी विदेशी बुहारीलाई तत्काल नेपाली नागरिता दिनुपर्नेमा अडान लिएका छन् ।

यस्तै नेकपाले भने विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै नागरिकता दिने प्रावधानमा अडान लिइरहेको छ । आजको बैठकमा पनि नेकपा सांसदहरुले विदेशी बुहारीलाई ७ स्थायी बसोबासपछि वैवाहिक अंगिकृत नागरिकता दिने र त्यसअघिका लागि आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार प्रयोग गर्न पाउने परिचयपत्र दिनेमा सहमति गरेर विधेयक पास गर्न जोड दिएको सांसद लक्ष्मी कुमारी चौधरीले जानकारी दिइन् ।

यस्तै नेपाली कांग्रेसको आज बसेको पदाधिकारी बैठकले अहिले भएकै व्यवस्था अनुसार विदेशी बुहारीलाई अंगिकृत नागरिकता दिनुपर्ने विषयमा निर्णय गरेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.