Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

दिव्यासिंहलाई डीन नियुक्त गरेको विरोधमा अनेरास्ववियू द्वारा आईओएम कार्यालयमा तालाबन्दी

User Photo बिहिबार, असार ४, २०७७
काठमाण्डाै ।

प्रा.डा. दिव्यासिंह शाहलाई डीन नियुक्त गरेको विरोधमा सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्था (आईओएम) को कार्यालयमा तालाबन्दी गरेको छ ।

वरिष्ठता मिचेर शाहलाई नियुक्त गरिएको निर्णय सच्याउनुपर्ने विद्यार्थीको माग छ । महाराजगन्‍जस्थित डिनको कार्यालयमा महाराजगन्‍ज चिकित्सा क्याम्पस कमिटिले ताला लगाएको हो ।

‘डिनको रिक्तता, सर्च कमिटीको बनावट, त्यस कमिटीले गरेको अवैज्ञानिक सिफारिस अमुक व्यक्तिलाई डिन नियुक्त गर्न गरिएको डिजाइन स्पष्ट छ,’ क्याम्पस कमिटीका अध्यक्ष विनय पंगेनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उच्च पदस्थ राजनीतिक व्यक्तित्वको चाकडी गरी पद हत्याउने प्रवृत्तिको घोर भर्त्सना गर्दछौं ।’

अखिलले प्राध्यापक डा. गोविन्द केसीको आन्दोलनले स्थापित गरेको योग्यता, क्षमता र वरिष्ठताको आधारमा डिन नियुक्ति गर्ने थितिलाई निरन्तरता दिन माग गरेको छ । त्रिवि कार्यकारी परिषद्ले डिन नियुक्त गर्ने निर्णय नसच्याएसम्म तालबान्दी र आन्दोलनको कार्यक्रम जारी राख्ने पंगेनीले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा उपकुलपति धर्मकान्त बाँस्कोटाले वरिष्ठताको सूचीमा ३३ औं नम्बरमा रहेकी शाहलाई नियुक्ति गरेका हुन् । शाह प्रधानमन्त्री ओलीको निजी चिकित्सक हुन् । उनको नियुक्तिमा आईओएमका चिकित्सक र कर्मचारी पनि असन्तुष्ट छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.