Naya Media
मङ्लबार, असार ३०, २०८३
| | July 14, 2026
मङ्लबार, असार ३०, २०८३

नेकपा र काँग्रेसबीच झडप, प्रहरीसहित २० जना घाइते

टाउको समेत फुटेको छ

User Photo सोमवार, असार १५, २०७७
काठमाण्डाै ।

सर्लाहीमा सत्तारुढ नेकपा र प्रतिपक्षी नेपाली काँग्रेसका कार्यकताबीच झडप हुँदा दुई पक्षका १८ जना घाइते भएको छ । सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नगर प्रदर्शनको तयारी गरिरहेको बेला काँग्रेसका कार्यकर्ताले योजनाबद्धरुपमा आक्रमण गरेपछि नेकपाका १४ जना घाइते भएको नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले दाबी गरे । घाइते १८ जनाको उपचार भइरहेको र एक जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए ।

असार ७ गते हत्या गरिएका रामजल रायको हत्यारालाई कारबाही र क्षतिपुर्तीको माग गर्दै नेकपा कार्यकर्ताले आइतबार बेलुका मसाल जुलुश निकाल्ने तयारी गरिरहेको बेलामा दुई पक्षबीच झडप भएको थियो । घाइतेहरुको सर्लाही अस्पताल मलंगवामा उपचार भइरहेको छ भने घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरी उपरीक्षक पोखरेलले बताए ।

धनकौल बजारमा जुलुश निकालेका समयमा काँग्रेसका कार्यकर्ताले हातहतियारसहित आफूमाथि आक्रमण गरेको घाइतेहरुले आरोप लगाए । घाइते हुनेमा धनकौल वडा नम्बर २ बस्ने रणधीर रञ्जन बर्मा, बैधनाथ सहनी र वडा कार्यसमिति सदस्य लक्ष्मण साह रहेका छन् । उनीहरुको टाउको, हात, खुट्टा र घाँटीमा चोटपटक लागेको छ ।

त्यस्तै गोलीको छर्रा लागेर घाइते हुनेहरुमा धनकौल वडा नम्बर ३ स्थित हरकठवा बस्ने रामचन्द्र हजारी नागेश्वर सहनी, महबुब अन्सारी, राकेश कुमार सिंह, रामविनय हजारी, बिलास राय, विजय साह, अरविन्द सिंह, सुनिल महतो, विजय साह, शेख इन्ताज, सुनिल साह, नितेश सिंह, संजित यादव र अरुण यादव रहेको उनले जनाए ।

यता, नेपाली काँग्रेसका स्थानीय नेता रणधीर रञ्जन बर्माले आफू घर अगाडि बसिरहेको बेलामा अचानक करिब ५० जनाको समूहमा आएको नेकपाको कार्यकर्ताले कुटपिट गरेको आरोप लगाए ।

तर, नेकपाका नेता विजय सिंहले आफूहरु मसाल जुलुश निकाल्ने तयारी गरिरहेको समयमा ढुंगामुढा गर्दै काँग्रेसका कार्यकर्ताले गोली चलाएको आरोप लगाए । उनले भने, ‘हामीहरु मसाल जुलुस निकाल्ने तयारी गरिरहेको बेला काँग्रेसका कार्यकर्ताहरुले एकाएक गोली बर्साउन थाले । हामी सबैजनालाई गोलीको छर्रा लाग्यो र कतिपयको टाउको समेत फुटेको छ ।’

त्यस्तै नेकपा सर्लाहीका अध्यक्ष पन्तले आफूहरुमाथि गोली प्रहार भएको र त्यहाँबाट नभागेको भए धेरैजना हातहात हुने जिकिर गरे ।

प्रहरी उपरीक्षक पोखरेलले पनि घटनास्थलमा गोली चलेको पुष्टि गर्दै यसबारे अनुसन्धान भइरहेको बताए । झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले ४ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । यस घटनामा २ जना नेपाल प्रहरीका जवान समेत समान्य घाइते भएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.