Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

युवतीको ‘सुसाइड भिडिओ’ हटाउन फेसबुकलाई पत्राचार

फिंगर प्रिन्टले काम नगर्दा समस्या

User Photo बिहिबार, असार १८, २०७७
काठमाण्डाै ।

फेसबुक लाइभमा आएर आत्महत्या गरेकी युवतीको भिडिओ हटाउन प्रहरीले फेसबुकलाई पत्राचार गरेको छ।

तुलसीपुर उपमहानगर वडा नम्बर ५ रानीजरूवाकी करिब २२ वर्षीया एलिसा गौतमले बिहीबार बिहान १ बजेर २५ मिनेटमा फेसबुक लाइभमा आएर पासो लगाएर आत्महत्या गरेकी थिइन्।

उक्त भिडिओ उनको फेसबुकबाट हटाउन सकिएको छैन।

उनको फेसबुक वालमा रहेको भिडिओ हटाउन फेसबुकलाई पत्राचार गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए।

उक्त भिडिओ हटाउने प्रक्रिया सुरू गरिदिन इप्रका दाङले साइबर क्राइम ब्यूरोलाई खबर गरेको हो।

‘साइबर क्राइम ब्युरोले उक्त भिडिओ हटाइदिन फेसबुकलाई पत्राचार गरिसकेको जानकारी प्राप्त भएको छ,’

उनको फेसबुकमा हालसम्म पनि लाइभ भिडिओ बन्द भएको छैन।

यसले अरू फेसबुक प्रयोगकर्तालाई असर पर्ने प्रहरीको भनाइ छ।

प्रहरीले आत्महत्या गरेकी युवतीको मोबाइलको लकसमेत खोल्न सकेको छैन।

‘मोबाइल लक खोल्न यहाँ सम्भव छैन। मोबाइलमा प्याटर्न छ यो खोल्न पनि काठमाडौंमा पठाउनुपर्ने रहेछ,’

उनले मोबाइलमा फिंगर प्रिन्ट अनलक राखेकी थिइन्।

‘मृत्यु भइसकेको व्यक्तिको फिंगर प्रिन्टले काम नगर्दा समस्या भयो,’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.