
फेसबुक लाइभमा आएर आत्महत्या गरेकी युवतीको भिडिओ हटाउन प्रहरीले फेसबुकलाई पत्राचार गरेको छ।
तुलसीपुर उपमहानगर वडा नम्बर ५ रानीजरूवाकी करिब २२ वर्षीया एलिसा गौतमले बिहीबार बिहान १ बजेर २५ मिनेटमा फेसबुक लाइभमा आएर पासो लगाएर आत्महत्या गरेकी थिइन्।
उक्त भिडिओ उनको फेसबुकबाट हटाउन सकिएको छैन।
उनको फेसबुक वालमा रहेको भिडिओ हटाउन फेसबुकलाई पत्राचार गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए।
उक्त भिडिओ हटाउने प्रक्रिया सुरू गरिदिन इप्रका दाङले साइबर क्राइम ब्यूरोलाई खबर गरेको हो।
‘साइबर क्राइम ब्युरोले उक्त भिडिओ हटाइदिन फेसबुकलाई पत्राचार गरिसकेको जानकारी प्राप्त भएको छ,’
उनको फेसबुकमा हालसम्म पनि लाइभ भिडिओ बन्द भएको छैन।
यसले अरू फेसबुक प्रयोगकर्तालाई असर पर्ने प्रहरीको भनाइ छ।
प्रहरीले आत्महत्या गरेकी युवतीको मोबाइलको लकसमेत खोल्न सकेको छैन।
‘मोबाइल लक खोल्न यहाँ सम्भव छैन। मोबाइलमा प्याटर्न छ यो खोल्न पनि काठमाडौंमा पठाउनुपर्ने रहेछ,’
उनले मोबाइलमा फिंगर प्रिन्ट अनलक राखेकी थिइन्।
‘मृत्यु भइसकेको व्यक्तिको फिंगर प्रिन्टले काम नगर्दा समस्या भयो,’
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द