सुदुरपश्चिम

आरटिएनकाे इन्टरनेट राखेर पछुताउदै सेवाग्राही, न इन्टरनेट चल्छ, न गुनासाे सुनिन्छ !

कैलालीकाे लम्किचुहा-४, बलियामा मुख्य कार्यालय, वरपरकै सेवाग्राही ठगिदै

इन्टर्नेट सेवा प्रदायक कम्पनीहरूले सम्झाैता अनुसार सेवा नदिएकाे गुनासाे बढे संगै सरकारले विभिन्न समयमा निर्देशन मार्फत सेवा प्रदायककाे मनपरी राेक्ने प्रयास गरे पनि ग्राहक ठगिने क्रम भने राेकिएकाे छैन ।

यस्तै कैलालीकाे लम्किचुहा नगरपालिका वार्ड नं ४ मा कार्यलय रहेकाे रिलायन्ट टेक्नाे नेटवर्किङ प्रा.लि. (आरटिएन) ले साेझा ग्राहकहरू माथी ठगि गरेकाे छ । गाउँ केन्द्रित यस कम्पनीले सक्दाे ग्राहकलाइ झुक्याउने गरेकाे ग्राहकले गुनासाे गरेकाछन ।

बलियामा आरटिएनकाे इन्टरनेट (२५ एमबिपिएस) प्रयाेग गरिरहेका विजय बुढाले इन्टरनेट राम्राे संग एउटा माेवाइलमा पनि नचल्ने बताए । उनले भने, ‘सुरूमा जाेडदा खै कति स्पिडकाे जाेडेकाे थियाे, महिनाकाे ७५० रूपैयाँ तिर्नु पर्छ, राम्रै चल्छ भनेर ४००० रूपैया लिएर इन्टरनेट जाेडेर गएका थिए । तर पछि इन्टरनेट चलेन भन्दा स्पिड बढाउनु भने, अनि घरमा महिनाकाे हजार तिर्नु पर्ने प्याकेज (२५ एमबिपिएस) मा अपग्रेड गरियाे तर पनि इन्टरनेट पहिला र अहिलेकाे कुनै फरक छैन ।’

‘दिनभर धेरै जसाे समय त इन्टरनेट नै हुदैन, आउने जाने भइरहन्छ, भएकै बेला पनि चल्दैन, एक महिनामा कम्तीमा पनि ४-५ दिन इन्टरनेट बन्द नै हुन्छ’, उनी थप्छन ‘फाेन गर्दा फाेन उठदैन नत केही सुचना दिन्छन ।’ नत बिग्रिएर सेवा बन्द भएकाे दिनकाे सट्टा पछी थप दिन सेवा दिन्छन । नत फेसबुकमा म्यासेज गर्दा वा इमेल गर्दा कुनै रिप्लाइ आउछ । अफिसमै पुग्दा पनि स्टाफ आउछन भनेर पठाए पनि स्टाफ आएर सबै ठिक छ भनेर गए तर इन्टरनेट चल्दै चल्दैन ।

कानून अनुसार, यसरी सेवा अवरुद्ध भएको दिन जोडेर वर्षको अन्तिममा सेवा प्रदायक कम्पनीले त्यति नै दिन सेवा अवधि थप गर्नुपर्ने हुन्छ । तर, कम्पनीले त्यो हिसाब नै राख्दैन । याे विषयमा कुरा गर्दा कम्पनीले आफ्नो कम्पनीमा त्यस्तो व्यवस्था नै छैन भन्छ ।

इन्टरनेट सम्बन्धी धेरै जानकारी नभएर पनि खासै अन्य ग्राहकले सेवा अवरूद्ध भएकाे खबर गर्दैनन, एउटैले चलेन भन्दा अरूले केही भनेका छैनन तपाइकाे मात्रै चल्दैन भन्नुहुन्छ भन्दै थर्काउछन । एकपटक त तपाइ बन्द गर्नुस तर बन्द गर्दा इन्टरनेट जाेडदा लिएकाे पैसा फिर्ता हुदैन भने, तर पछी छाेराेले कुरा गर्दा राउटर फिर्ता गर्नु, आधा रूपैयाँ फिर्ता पाउछाै भने । पैसा तिरेर चलाएकाे हाे, सित्तैमा दिए जस्ताे लापरवाही र गैरजिम्मेवार कुरा स्टाफले गरेकाे उनकाे गुनासाे छ ।

सरकारले अहिले महामारीकाे अवस्थामा अत्यावश्यक सेवा अन्तर्गतकाे इन्टरनेट सेवा पैसा तिर्न ढिलाे हुदा पनि नकाटन अनुराेध गरेकाे छ तर पैसा तिर्न एक मिनेट पनि ढिलाे भयाे भने इन्टरनेट बन्द हुन्छ । कतिपय सेवा प्रदायक कम्तीमा ३ दिनकाे समय त दिन्छन ।

दुरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको गुणस्तर सम्बन्धि गुनासोहरुलाई सम्बोधन गर्न ब्याण्डविड्थ ग्राहकले सजिलै हेर्न सक्ने व्यवस्था गर्न निर्देशन समेत दिएकाे छ । इन्टरनेट सेवा प्रदायक र सेवाग्राही बीच भएको सम्झौता अनुसार सेवाग्राहीले कुन कुन समयमा के कति इन्टरनेट ब्याण्डविड्थ (Internet Bandwidth/Throughput) प्राप्त गरिरहेका छन् सेवाग्राहीले सजिलै बुझ्ने र सेवाग्राही आफैले हेर्न सक्ने व्यवस्था गर्न सबै सेवा प्रदायकहरुलाई निर्देशन जारी गरेकाे छ तर आरटिएनले याे निर्देशन पनि थाहा नै नपाएकाे जस्ताे गरेकाे छ ।

त्यस्तै प्राधिकरणबाट इन्टर्नेट सेवा सञ्चालनको अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरुले इन्टर्नेट(इमेल सहित) सेवाको अनुमतिपत्रको शर्त अनुसार ग्राहकसंग लिइने सेवा शुल्क सम्बन्धि विवरणहरु निःशुल्क उपलब्ध गराउनुपर्ने र सेवाको गुणस्तर सम्बन्धमा ग्राहकको गुनासो तोकिएको समय भित्र समाधान गर्नुपर्ने, साथै सेवा प्रदायकले सेवाग्राहीहरुको Support & Maintenance तथा अन्य सेवा सम्बन्धि गुनासोहरु समाधान गर्नुपर्ने भएकोले सो व्यवस्थालाई प्रभावकारी बनाउन ग्राहकहरुले सम्पर्क गर्ने प्रयोजनको लागि फोन गर्दा ग्राहकहरुलाई शुल्क नलाग्ने टोल फ्री (Toll-Free) नम्बरको व्यवस्था गर्न सबै इन्टर्नेट सेवा प्रदायकहरुलाई निर्देशन जारी गरे पनि कम्पनीले टोल फ्री भन्दा त पैसा लाग्ने फाेन समेत रिसिभ गर्दैन ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by
सोम, असार २२, २०७७ (July 6, 2020, 5:17 pm) मा द्वारा नयाँ बिशेष अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै