
महिलामाथी प्रहरीले निर्मम कुटपिट गरेकाे भिडियाे सामाजिक सञ्जालमा भाइरल भएपछी प्रहरीले कुटपिट गर्ने नगर प्रहरी र नेपाल प्रहरीहरूलाई कारवाही हुने भएकाेछ । नेपालप्रहरीले एक विज्ञप्ती जारी गर्दै महिला माथी कुटपिट गरेको घटनाको भिडियो सम्बन्धमा गम्भिर ध्यानाकर्षण भएको र सत्य तथ्य छानविनका लागी तीन सदस्यीय छानविन समिति गठन गरी अनुसन्धान शुरु भइसकेको समेत जानकारी गराएकाे छ ।
उक्त घटना रुकुम (पश्चिम) आठबिसकोट नगरपालिकामा जेठ १ गते भएकाे थियाे । भिडियाेमा नगर प्रहरी र नेपाल प्रहरीले एक महिला माथी अपशब्द बाेल्दै कुटपिट गरेको देखिन्छ । अहिले आएर घटनाकाे भिडियाे भाइरल भए संगै सामाजिक सञ्जालमा प्रहरीकाे व्यापक आलाेचना भइरहेकाे छ ।
हेर्नुहाेस भिडियाे