Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 26, 2026
बुधबार, जेष्ठ १३, २०८३

भाडा तिर्न सकिँदैन भन्दै सिभिल मलका व्यवसायीले बुझाए चाबी

आत्महत्या गर्न प्रोत्साहन नगरियोस्

User Photo शुक्रबार, असार २६, २०७७
काठमाण्डाै ।

काठमाडौं सुन्धाराको सिभिल मलमा सपिङ कम्प्लेक्समा व्यवसाय सञ्चालन गर्ने व्यवसायीले घरभाडा तिर्न नसक्ने भन्दै पसलको तालाचाबी मल सञ्चालकलाई बुझाएका छन् ।

पूर्ण लकडाउन अवधिको भाडा शत प्रतिशत छुटको माग राखेका व्यवसायी र मल सञ्चालकबीच घरभाडाका विषयमा भएको छलफल निष्कर्षमा नपुगेपछि शुक्रबार १०५ जना व्यवसायीले मल सञ्चालक लालकाजी गुरुङलाई तालाचाबी बुझाएका हुन् ।

सिभिल मल व्यापार संघका अध्यक्ष रत्न घिमिरेले पेट पाल्नै नसकिने अवस्थामा पनि मल सञ्चालकले भाडा मागेर मानसिक तनाव दिएकाले चाबी बुझाएको बताए । झण्डै ३ महिनासम्म भएको लकडाउनलाई शून्य समय मानेर भाडा मिनाहा गर्न व्यवसायीले आग्रह गरे पनि मल सञ्चालकले अस्वीकार गरेका थिए ।

मल सञ्चालकले व्यापारीहरुलाई पत्राचार गरी चाँडै भाडा भुक्तानी गर्न दवाब दिएको थियो । मलमा मासिक ८ लाख रुपैयाँसम्म भाडा तिर्ने व्यवसायी रहेका छन् । ‘८ लाख भाडा तिर्नेको २५ हजारको पनि व्यापार भएको छैन, कसरी भाडा तिर्नु ?’

मल सञ्चालकले पूर्ण लकडाउन भएको अवधिको ५० प्रतिशत भाडा छुट गर्ने जनाएको छ । तर उक्त भाडा २५ असारमा तिर्नुपर्ने म्याद दिएको थियो । ‘पूर्ण लकडाउन अवधिको ५० प्रतिशत छुट दिने भनिएको छ, तर २५ असारसम्म नतिरे त्यो छुट पनि २५ प्रतिशतमा झार्ने भनेर सञ्चालकले दवाव दिनुभएको छ’ उनले भने, ‘२५ असार हिजै सकियो, व्यापार एक हजारको भएको छैन यस्तो निर्णयमा राजी हुन सकिदैन ।’

व्यवसायीले पूर्ण लकडाउन अवधिको भाडा शत प्रतिशत छुट हुनुपर्ने माग गर्दै सिभिल मल अगाडि धर्ना दिएका छन् ।

पूर्ण लकडाउन अवधिको भाडा शतप्रतिशत छुट नभएसम्म आन्दोलन जारी राखिने अध्यक्ष घिमिरेले बताए ।

‘हाम्रो पनि व्यापार हो, मल सञ्चालकको पनि व्यापार हो’ उनले भने, ‘हामीले ५० प्रतिशत भाडा दिँदा मल सञ्चालकले ५० प्रतिशत फाइदा कमाउँछ तर हामी १५० प्रतिशत घाटामा जान्छौं, यस्तो समयमा कसैले कमाउने अनि कोही चाहिँ खान नपाएर भोकले मर्नुपर्ने अवस्था नआओस् भन्ने हाम्रो चाहना हो ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.