Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 26, 2026
बुधबार, जेष्ठ १३, २०८३

‘अयोध्यापुरी’ मा उत्खनन गर्ने पुरातात्विक विभागको तयारी

User Photo बुधबार, असार ३१, २०७७
काठमाण्डाै ।

सरकारले पर्साको ‘अयोध्यापुरी’ मा पुरातात्विक तथ्य पत्ता लगाउन उत्खनन गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा अ‍ेलीले अयोध्यापुरी नै सक्कली ‘अयोध्या’ भएको दावी गरेपछि पुरातत्व विभागले चासो बढाएको हो । अब त्यहाँ अध्ययन र पुरातात्विक खोज सुरु गर्ने विभागको तयारी छ ।

‘माथिबाट हामीलाई निर्देशन आउनासाथ हामी अयोध्यापुरीमा उत्खननको लागि प्रक्रिया अघि बढाउँछौं,’ एक अधिकारीले भने, ‘प्रधानमन्त्रीले बोल्नुभएपछि यसबारे अनुसन्धान गर्नैपर्ने अवस्था आएको छ ।’

विभागका अनुसार अयोध्यापुरीको उत्खनन अघि बढाउन थप बजेट चाहिन्छ । हाल विभागसँग भएको बजेटबाट काम अघि बढाउन नसक्ने भएकाले थप बजेटको व्यवस्था गरेर अयोध्यापुरीका क्षेत्रमा अध्ययन अनुसन्धान र प्रमाणहरुको संकलनको काम गर्न सकिने उसको राय छ ।

अहिले बाहिर आएका प्रमाणहरु अप्रामणिक रहेको भन्दै विभागका अधिकारीहरुले अयोध्यापुरीमा उत्खनन गरेपछि मात्रै भगवान रामको ‘जन्मभूमि’ थियो/थिएन भन्ने स्पष्ट हुने बताउँछन् ।

हाल अयोध्यापुरी क्षेत्रमा वाल्मीकि आमश्र छ । त्यहाँ रहेको एउटा गुफासहित विभिन्न पुराना सम्पदालाई श्री रामसँग जोडेर चर्चा गरिन्छ । स्थानीय तहले पर्यटन प्रवर्द्धनका लागि बजेट दिने गरेको छ । तर यो क्षेत्रको पुरातात्विक महत्वबारे अहिलेसम्म खोज अनुसन्धान भएको छैन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.