Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 26, 2026
बुधबार, जेष्ठ १३, २०८३

बाढी, पहिरोबाट १ सय १३ जनाको मृत्यु

४५ जना बेपत्ता

User Photo सोमवार, साउन ५, २०७७
काठमाण्डाै ।

यो वर्ष मनसुन सुरु भएदेखि हालसम्मको अवधिमा १ सय १३ जनाको मृत्यु भएको छ । बाढी र पहिरोका कारण २८ जिल्लामा ११३ जनाले ज्यान गुमाएका हुन् ।

विभिन्न जिल्लामा भएका घटनामा १०३ जना घाइते छन् भने ४५ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी राखिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाही बताउँछन् ।

उनका अनुसार खोज तथा उद्दारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टाेली खटिएको छ ।

प्रहरीका अनुसार हालसम्म मनसुनजन्य विपदबाट सबैभन्दा बढी म्याग्दीमा २८ जनाको मृत्यु भएको छ भने जाजरकोटमा १२, तनहुँमा ११ र कास्कीमा १० जनको मृत्यु भएको छ ।

नेपालमा मनसुन ३० असारबाट भित्रिएको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.