Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 26, 2026
बुधबार, जेष्ठ १३, २०८३

नेकपा स्थायी कमिटी बैठक एक हप्ताका लागि स्थगित

बैठकमा प्रधानमन्त्री उपस्थित थिएनन्

User Photo मङ्लबार, साउन ६, २०७७
काठमाण्डाै ।

पटक-पटक स्थगित हुँदै आएको नेकपाको स्थायी कमिटी बैठक केहिबेर बसेर फेरि एक हप्ताका लागि स्थगित भएको छ । मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर बसेको बैठक साउन १३ गतेसम्मका लागि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले अविरल वर्षापछि देशभर आएको बाढी पहिरोबाट प्रभावित बनेकाहरुको उद्धार र राहतमा खटिने निर्णय गरेको छ । बैठकले सरकारलाई राहत र उद्धारमा गम्भीरतापूर्वम लाग्न आग्रह गरेको छ । यस्तै बाढी र पहिरोमा परेकाहरुको राहत र उद्धारका लागि स्वयंसेवी रुपमा जुट्न पार्टीका नेता कार्यकर्ताहरुलाई पनि निर्देशन दिएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएका थिएनन् ।

बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि विवाद उत्कर्षमा पुगेको छ । त्यसयता अर्थात असार १८ पछि बैठक स्थगित हुँदै आएको थियो । बैठक असार १० मा सुरु भएको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.