नेकपा स्थायी कमिटी बैठक एक हप्ताका लागि स्थगित

बैठकमा प्रधानमन्त्री उपस्थित थिएनन्
मङ्लबार, साउन ६, २०७७, काठमाण्डाै । 

पटक-पटक स्थगित हुँदै आएको नेकपाको स्थायी कमिटी बैठक केहिबेर बसेर फेरि एक हप्ताका लागि स्थगित भएको छ । मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर बसेको बैठक साउन १३ गतेसम्मका लागि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले अविरल वर्षापछि देशभर आएको बाढी पहिरोबाट प्रभावित बनेकाहरुको उद्धार र राहतमा खटिने निर्णय गरेको छ । बैठकले सरकारलाई राहत र उद्धारमा गम्भीरतापूर्वम लाग्न आग्रह गरेको छ । यस्तै बाढी र पहिरोमा परेकाहरुको राहत र उद्धारका लागि स्वयंसेवी रुपमा जुट्न पार्टीका नेता कार्यकर्ताहरुलाई पनि निर्देशन दिएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएका थिएनन् ।

बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि विवाद उत्कर्षमा पुगेको छ । त्यसयता अर्थात असार १८ पछि बैठक स्थगित हुँदै आएको थियो । बैठक असार १० मा सुरु भएको थियो ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा मुख्य समाचार अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै