‘जनप्रतिनिधी विहिन बनाउन पाइदैन’ भन्दै टिकापुरका युवा आन्दाेलित

'यस क्षेत्रका सांसद रेशम चाैधरी जेलमा छन तर न उपनिर्वाचन भयाे न उनी रिहा भए'
मङ्लबार, साउन १३, २०७७, टिकापुर । 

कैलालीकाे क्षेत्र नं- १ जनप्रतिनिधी विहिन भएकाे भन्दै कैलालीकाे टिकापुरमा युवाहरूले आन्दाेलन सुरू गरेकाछन । हाम्राे जनप्रतिनिधी खाेइ ?, जनप्रतिनिधी विहिन बनाउन पाइदैन, टिकापुरकाे विकाश खाेइ ?, निर्दाेश भए रिहा गर, कि उप निर्वाचन गर लगायत लेखिएका प्लेकार्ड र नारा लगाउदै युवाहरू सडक आन्दाेलनमा उत्रिएका हुन ।

साेमबार स्वस्फुर्त उपस्थित युवाहरूले टिकापुरकाे बसपार्कबाट र्याली सुरू गरेका थिए । खडक चाेकमा पुगेर काेण सभामा परिणत भइ कार्यक्रम सकिएकाे थियाे । सभामा युवाहरू गणेश वली, लाेक ब. बुढा, अनुज हमाल लगायतले मन्तव्य राखेका थिए । वक्ताहरूले क्षेत्र नं- १ विगत तिन बर्ष देखी जनप्रतिनिधी विहिन रहेकाे तर सम्बन्धीत कुनै पनि पक्षले चासाे नेदेखाएकाेले युवाहरू सडकमा आउनु परेकाे बताएकाछन ।

‘कैलाली क्षेत्र नं-१ का सांसद रेशम चाैधरी जेलमा छन । तर राज्यले न उपनिर्वाचन गर्याे न उनकाे रिहाइ गर्याे । पार्टी र नेताहरू आफ्नाे सहजता हेर्दै चुपचाप छन तर जनता जनप्रतिनिधी विहिन बनाइएकाे छ ।’ युवा गणेश वलीले भने ।

‘सांसद नहुदा विकाशमा बाधा भयाे, टिकापुरका कुरा संसदमा कस्ले सुनाइदिने ? निर्वाचित सांसद जेल गए, उप निर्वाचन गर्नु पर्थ्याे या दाेषी नभए आफ्नाे क्षेत्रमा काम गर्न रिहा हुनुपर्थ्याे । यि दुबै काममा कसैले चासाे नदिदा हामी अन्यायमा परेकाले अधिकार खाेज्न सडकमा आउनु परेकाे अर्का युवा लाेक ब. बुढाले बताए ।

त्यस्तै अर्का युवा अनुज हमालले अव युवा नै अग्रसर नभए सम्म टिकापुरमा विकाश नहुने बताए । राजनितीकर्मी, व्यापारी लगायतले टिकापुरकाे विकाश र जनताकाे अधिकारका लागी चासाे नदिएकाे गुनासाे गरे ।

अधिकारकाे खाेजी गर्ने सुरूवात भएकाे र यसैगरी बाकी बर्षहरू पनि वित्ने स्थिती आए कडा आन्दाेलन गर्ने युवाहरूले चेतावनी दिएकाछन । साथै सम्पुर्ण क्षेत्र नं- १ का जनता, व्यापारी, राजनैतिक दल, बुद्धीजिवीहरू पनि याे विषयमा अग्रसर भइदिन उनीहरूले अनुराेध गरेकाछन ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा प्रदेश नं- ७ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै