Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

रञ्जन कोइरालालाई उन्मुक्ति दिने अदालतकाे निर्णय खारेजीकाे माग गर्दै लम्कीमा ढकाल समाज द्वारा प्रर्दशन

User Photo शनिबार, साउन १७, २०७७
कैलाली ।

हत्यारा रञ्जन कोइरालालाई उन्मुक्ति दिने अदालती निर्णय खारेज गर भन्दै लम्कीमा ढकाल समाज कैलालीले बिरोध प्रर्दशन गरेको छ ।

श्रीमतीको हत्या अभियोगमा सर्वस्वसहित जन्म कैद भोगिरहेका पूर्व डीआईजी रञ्जन कोइरालालाई सर्वाेच्च अदालतले सजाय घटाएर उन्मुक्ति दिएपछि सबैतिरबाट विरोध भइरहेको बेला कैलालीको लम्कीचुहा नगरपालिका १ लम्कीमा आज ढकला समाजले विरोध पर्दशन गरेको हो ।
सर्वोच्च अदालतको आदेशपछि ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला गत साउन ८ गते जेलमुक्त भएका थिए ।

सर्वोच्च अदालतले १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । आफ्नै श्रीमती गीता ढकालको हत्या गरेपछि पूर्वडीआईजी कोइराला जेल परेका थिए । सो मुद्दामा जिल्ला र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले उनको सजाय घटाउने फैसला गरेको थियो ।

२०६८ माघमा काठमाडौंमा उनले पत्नी गीताको हत्या गरेका थिए । महाराजगञ्जमा श्रीमतीको हत्या गरेर उनले घटना लुकाउन शव समेत जलाएका थिए । शव फालिएको स्थानमा दोस्रो पटक गएर फर्किँदै गर्दा २८ माघ ०६८ मा थानकोटबाट कोइराला पक्राउ परेका थिए ।

आफ्नै श्रीमतिको हत्या गर्ने हत्यारा रञ्जन कोइरालालाई उन्मुक्ति दिने अदालती निर्णय खारेज गर, महिला माथि हुने हत्या, हिंसा र अत्याचार बन्द गर लगाायतका माग राख्दै लम्कीमा प्रदर्शन भएको नेपाल ढकाल समाज कैलालीका अध्यक्ष रङ्गनाथ ढकालले बताउनु भयो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.