Naya Media
सोमवार, जेष्ठ १८, २०८३
| | May 31, 2026
सोमवार, जेष्ठ १८, २०८३

‘नो अब्जेक्सन लेटर’ वितरण खुल्ला गर्ने निर्णय

User Photo बुधबार, भदौ १०, २०७७
काठमाण्डाै ।

सरकारले विदेशमा अध्ययन गर्न जानेहरुका लागि अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर) दिने निर्णय गरेको छ ।

विश्वभर कोरोना महामारी फैलिँदै गएपछि नेपाल सरकारले गत चैतदेखि ‘नो अब्जेक्सन लेटर’ दिन बन्द गरेको थियो । तर मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘नो अब्जेक्सन लेटर’ वितरण खुला गर्ने निर्णय गरेको शिक्षा मन्त्रालय स्रोतले बतायो ।

शिक्षा मन्त्रालयले विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर’ उपलब्ध गराउँदै आएको छ ।

विदेश अध्ययनका लागि विद्यार्थीहरुको रोजाइमा अस्ट्रेलिया, जापान, न्युजिल्यान्ड, चीनलगायतका देश पर्दछन् ।नो अब्जेक्सन लेटर लिनेहरुको संख्या हरेक वर्ष बढ्दो छ । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार हरेक वर्ष विदेश अध्ययन गर्न जान चाहने झण्डै एक लाखले ‘नो अब्जेक्सन लेटर’ लिँदै आएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.