Naya Media
आइतवार, बैशाख २०, २०८३
| | May 3, 2026
आइतवार, बैशाख २०, २०८३

अविरल बर्षाले कुरुङ पुल बगायो, शान्तिनगर क्षेत्रका अधिकांश सडक अवरुद्ध

User Photo मङ्लबार, भदौ १६, २०७७
झापा ।

साेमबार (हिजाे) साझ देखि परेको अविरल वर्षाका कारण झापाकाे बुद्धशान्ति ५ र ६ का विभिन्न स्थानमा ठुलाे क्षति भएको छ। विभिन्न ठाउँमा बिद्युतका पोल लड्दा विद्युत अवरुद्ध भएको छ भने कतिपय स्थानमा सडक समेत अवरूद्ध भएको छ।

गडिगाउँ-चुल्ठे जोड्ने कुरुङ खोलाको पक्की पुल पुर्णरुपमा क्षतिग्रस्त हुँदा सो क्षेत्रमा सवारी आवागमन ठप्प छ। बुद्धशान्ति ६ का अधिकांश कालोपत्रे सडक उप्काएर सवारी चल्न सक्ने अवस्था छैन ।

गडिगाउँ- खारखोला जोड्ने पुलको पश्चिम क्षेत्रबाट खोला पस्दा सो क्षेत्रमा पनि सडक अवरुद्ध छ। सडक किनारका कुलो मर्मत तथा सरसफाइ नगरिदा प्राय सडकहरु जलमग्न भएका छन्।

बुद्धशान्ती ५ को भ्वाईस अफ युथ चोक पश्चिमकाे सुन्दरी खोल्सोको पक्की पुलमा समेत क्षति पुगेकाे छ। त्यस्तै कुरुङ खोला किनारमा रहेका धानवाली लगाइएका खेतहरुमा समेत कटान गरेको छ।

त्यसैगरी बुद्धशान्ती ६ मा रहेको शान्ति आदर्श माविको खेल मैदान पनि बाढीले पुर्णरूपममा बिग्रीएको छ।

बर्षाका कारण आएकाे बाढीका कारण विभिन्न स्थानहरूमा क्षति देखिए पनि पुर्णरूपमा क्षतिकाे विवरण आउन बाँकी छ ।

फाेटाे- बिष्णु लामिछाने


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.