
साेमबार (हिजाे) साझ देखि परेको अविरल वर्षाका कारण झापाकाे बुद्धशान्ति ५ र ६ का विभिन्न स्थानमा ठुलाे क्षति भएको छ। विभिन्न ठाउँमा बिद्युतका पोल लड्दा विद्युत अवरुद्ध भएको छ भने कतिपय स्थानमा सडक समेत अवरूद्ध भएको छ।
गडिगाउँ-चुल्ठे जोड्ने कुरुङ खोलाको पक्की पुल पुर्णरुपमा क्षतिग्रस्त हुँदा सो क्षेत्रमा सवारी आवागमन ठप्प छ। बुद्धशान्ति ६ का अधिकांश कालोपत्रे सडक उप्काएर सवारी चल्न सक्ने अवस्था छैन ।
गडिगाउँ- खारखोला जोड्ने पुलको पश्चिम क्षेत्रबाट खोला पस्दा सो क्षेत्रमा पनि सडक अवरुद्ध छ। सडक किनारका कुलो मर्मत तथा सरसफाइ नगरिदा प्राय सडकहरु जलमग्न भएका छन्।
बुद्धशान्ती ५ को भ्वाईस अफ युथ चोक पश्चिमकाे सुन्दरी खोल्सोको पक्की पुलमा समेत क्षति पुगेकाे छ। त्यस्तै कुरुङ खोला किनारमा रहेका धानवाली लगाइएका खेतहरुमा समेत कटान गरेको छ।
त्यसैगरी बुद्धशान्ती ६ मा रहेको शान्ति आदर्श माविको खेल मैदान पनि बाढीले पुर्णरूपममा बिग्रीएको छ।
बर्षाका कारण आएकाे बाढीका कारण विभिन्न स्थानहरूमा क्षति देखिए पनि पुर्णरूपमा क्षतिकाे विवरण आउन बाँकी छ ।
फाेटाे- बिष्णु लामिछाने
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द