
कैलालीको लम्किचुहा नगरपालिका- ६ बावनपुर शिविरमा शाैचालय निर्माण गरिएको छ । इजरायलमा बस्दै आउनु भएकी सुनिता गुरुङको आर्थिक सहयोगमा शिबिरमा दुई वटा शाैचालय निर्माण गरिएको सामाजिक अभियान्ता जनक सुनारले जानकारी दिनु भयो ।
बिगत १४ बर्ष देखि ईजरायलमै रहनु भएकी समाजसेवी गुरुङले आर्थिक सहयोग गरेर केही महिना पहिला त्यहाँ खाद्यान्न समेत वितरण गरिएको थियो । ७ वटा घर रहेको शिबिरका बासिन्दा दिशा पिसाब गर्न नजिकैको खोला र जङ्गल प्रयोग गर्दै आएका थिए ।
देशमा लकडाउन भएपछी मजदुरी गरि खाने शिबिरका बासिन्दालाई खाद्यान्न अभाव भएपछी यस अघि पनि गुरूङकाे सहयाेगमा करिव १ महिला पुग्ने खाद्यान्न र सरसफाईका सामाग्री वितरण गरिएको थियो ।
नेपाल घर धरान भएकी गुरुङ विगत लामो समय देखि इजरायलमा बसेर नेपालमा विभिन्न अभियान्तालाई आर्थिक सहयोग गर्दै दिन दुखिको सेवा गर्दै आउनु भएको छ ।