Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

डा. केसीलाई प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएर ट्रमा सेन्टर पुर्‍यायो

User Photo मङ्लबार, अशोज ६, २०७७
काठमाण्डाै ।

डाक्टर गोविन्द केसीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टर लगेको छ । नेपालगन्जबाट बुद्ध एयरको विमानबाट काठमाडौं ओर्लिएलगत्तै विमानस्थलबाटै डाक्टर केसीलाई प्रहरीले जबरजस्ती ट्रमा सेन्टर लगेको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।

सोमबार जुम्लाबाट नेपालगन्ज आएका डाक्टर केसी मंगलबारदेखि त्रिवि शिक्षण अस्पतालमै अनशन जारी राख्ने बताएका थिए । कोरोनाको जोखिमका कारण त्रिवि शिक्षण अस्पताल नलगी ट्रमा सेन्टर लगिएको प्रहरी स्रोतले बताएको छ । उनी आफैं एम्बुलेन्समा बसेर शिक्षण अस्पताल जान लागेका बेला प्रहरीहरुले एम्बुलेन्स भित्रै प्रवेश गरेर उनलाई नियन्त्रणमा लिइ ट्रमा सेन्टर पुर्‍याएका हुन् ।

काठमाडौं आउने क्रममा नेपालगन्ज विमानस्थलमा डाक्टर केसीले जनताको हितका लागि आफूले उठाएका माग पूरा नभएसम्म अनशन जारी राख्ने बताएका थिए । चिकित्सा शिक्षामा सुधार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन सुरु हुनुपर्ने लगायतका कार्यक्रमहरु तत्काल सञ्चालन गरिनुपर्ने माग राख्दै जुम्लामा अनशनरत डा.गोविन्द केसीलाई शनिबार राति प्रहरीले जबरजस्ती अस्पताल पुर्‍याएको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.